म्युजिक अवार्डमा आवेदन दिने हो ?
screennepal
प्रकाशित: २०७१, १३ चैत्र शुक्रबार
no img

award 2015 copyकाठमाडौं । संगीतकर्मी हुनुहुन्छ र अवार्डमा सहभागी हुने सोच छ भने आवेदन दिइहाल्नुस् है । ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०१५’ का लागि आयोजकले औपचारिक रुपमा आवेदन खुला गरेको छ । म्यूजिक खबर डटकमले आयोजना गर्ने ‘म्युजिक खबर म्युजिक अवार्ड’ को चौंथो संस्करणका लागि बिहीबारबाटै आवेदन खुला गरिएको संस्थाले जनाएको छ भने आवेदन धमाधाम आइरहेको जनाइएको छ ।
म्युजिक खबरले आधुनिक, लोक, चलचित्र, पपजस्ता विधामा केन्द्रित रहेर विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै आएको छ । गीतसंगीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसअघि अंग्रेजी मितिअनुसार अवार्ड आयोजना गर्दै आएको भएपनि यस वर्षबाट नेपाली मितिअनुसार चैत मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई अवार्डमा सहभागी गराइने जनाइएको छ । सहभागी गीतसंगीतलाई मूल्यांकन गरी उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले बताए । अवार्ड कार्यक्रममा प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता पुरस्कारलगायत विभिन्न सम्मान पनि प्रदान गरिने जनाइएको छ ।

Comments