माटोको भाँडोले सन्नीलाई एलर्जी !
screennepal
प्रकाशित: २०७१, ४ चैत्र बुधबार
no img

sunnyleone759

मुम्बई । बलिउडकी ‘हट सनसनी’ सन्नी लियोन हिजोआज ठिक छैनन् । उनी अहिले स्किन एलर्र्जीसँग जुधिरहेकी छन् । समाचारमा जनाइएअनुसार सन्नी केही दिनयता आफ्नो अपकमिङ फिल्म ‘एक पहेली लीला’ को सुटिङका दौरानमा राजस्थान छिन् ।

यसै फिल्मको एक सीनको सुटिङमा उनलाई एलर्जी भएको हो । माटोको भाँडोमा पानी भरेर कम्मरमा बोकेर ल्याउने सीन दिने क्रममा सन्नीलाई शरीरभरी एलर्जी भएको थियो । उनलाई तुरन्त सेटमै डाक्टर बोलाएर उपचार गरिएको थियो । एलर्जी ठीक नभएञ्जेल सन्नी आराममा बस्ने भएकी छन् । ‘एक पहेली लीला’ को ट्रेलर हेर्दै थाहा हुन्छ, यो पुनर्जन्ममा आधारित फिल्म हो । यस फिल्ममा सन्नी डबल भूमिकामा देखिँदैछिन् । ‘बोल्ड सीन’ले भरपूर यस फिल्मलाई जबरजस्त तडक–भडक बनाएर ग्ल्यामरस बनाइएको छ । फिल्मको निर्देशन बबी खानले गरेका छन् । फिल्ममा सन्नीका अलावा बेबी डलु, जय भानुशाली, रजनीश दुग्गल र राहुल देवको पनि मुख्य भूमिका रहेको छ ।

Comments