मिलनलाई मनपर्ने १० गीत
screennepal
प्रकाशित: २०७१, २ चैत्र सोमबार
no img

milanपछिल्लो समय एकपछि अर्को गर्दै हिट गीत दिइरहेकी गायिका मिलन आमात्य गीत सुन्न पनि उत्तिकै रुचाउँछिन् । नेपाली, हिन्दी, अंग्रेजी, बंगालीलगायत थुप्रै भाषाका गीत सुन्छिन् । उनका प्रिय १० गीत यी हुन् ।

अरूका पाँच

पोहोर साल खुशी फाट्दा
मलाई बाल्यकालदेखि नै प्यारो थियो यो । नेपाल आएपछि चितवनमा नारायण गोपाल स्मृति साँझ हुँदा मलाई यो गीत गाउन लगाइएको थियो । अरुणा लामाले राजेन्द्र थापाका मार्मिक शब्दलाई साह्रै भावनात्मक तवरले गाउनुभएको छ ।
आप के नजरो ने सम्झा
भारतमा छँदा लता मंगेशकरको स्वरमा रहेको यो गीत धेरै नै सुन्ने गर्थें । यो गीतले गाउने कला सिकाउँछ । यसलाई गाउन मैले धेरै प्य्राक्टिस पनि गरेँ ।

 

मलाई छोडी मेरो छाया कतै झरेछ

यो गीत सुन्दा सरल लाग्छ । जब गाउन थाल्नुपर्छ, त्यसपछि थाहा हुन्छ, यो गाउन कति गाह्रो छ भन्ने । नारायण गोपालको प्रतिभाको महानता यो गीत आफैँले गाउन थालेपछि मैले महसुस गरेँ ।

नौ सय खोला तरेर जाने
तारादेवी दिदीले गाउनुभएको यो गीत म सातआठ वर्षको हुँदा मेरी ठूलीआमाले गुनगुनाउनुहुन्थ्यो । त्यतिबेला नै मलाई यो गीत निकै मन परेको थियो । यो गीत म पनि अभ्यास गर्थें । पीडाभित्र पनि मिठास भएको गीत हो यो ।

माई हार्ट विल गो अन
चर्चित अंग्रेजी फिल्म ‘टाइटानिक’को गीत हो यो । सेलिन डियोनले यसलाई फिल दिएर गाएकी छिन् । उनले यो फिलका लागि आफू बरफको बीचमा उभिएर गाउँदा कस्तो हुन्छ भनेर प्रयोग पनि गरेको भन्ने पढेकी थिएँ ।

आफ्ना पाँच

जहिलेसम्म संसारमा
यो नेपालमा आएपछि पहिलोपटक रेकर्ड भएको मेरो गीत हो । ‘मिलन’ एल्बममा संगृहीत यो गीतले मलाई नेपालमा चिनाउन मद्दत ग¥यो । यसलाई गाउन असाध्यै मेहनत गरेकी थिएँ । मेरो करिअरको पहिलो र बलियो इँटा हो यो । त्यसैले पनि यो गीत प्रिय लाग्छ ।
गाला रातै
मलाई पाश्र्वगायनमा यो गीतले निकै ठूलो सफलता दिलायो । यति मात्रै होइन, सिरियस गीत सुनिरहेका स्रोतालाई डान्सिङ बिटका गीतलाई पनि उत्तिकै न्याय गर्छु भन्ने यसले प्रमाणित ग¥यो । अर्को महŒवपूर्ण पक्षचाहिँ के हो भने यसमा सिम्पल मेलोडी छ, सबैले गुनगुनाउन सक्ने ।

आवाज देऊ तिमी यहीँ कतै भए
यस गीतको शब्द मलाई अति नै मन पर्छ । योगेन्द्रमणि दाहालका शब्दमा कमल खत्रीले मीठो संगीत भर्नुभएको छ । शब्द र संगीतले एकदमै मन छोएकाले गाउँदा आनन्द आएको थियो ।
सोचेजस्तो भए जीवन
यो गीतले मेरो गायकी देखाउछ । ‘मधुर मिलन’ भित्र समेटिएको यो गीत हिट त भएन । तर, संगीतकर्मीले यो गीतको पर्याप्त प्रशंसा गरेका छन् ।
हदभन्दा बढी माया गर्छु
यो गीत बजारमा आइसकेको छैन । तर, मलाई निकै मन परेको गीत हो । फिल्म ‘चकलेट’को गीत हो यो । गीतका सबै पक्षले मलाई छोएको छ । गीत गाउँदा आफैँलाई भुलेकी थिएँ । पूरै गीतमा डुबेर गाएकी थिएँ ।

Comments