पत्रकार ऋषि धमला ‘हाउ फन्नी’
screennepal
प्रकाशित: २०७१, २६ फाल्गुन मंगलवार
no img

काठमाडौं । धेरैले पत्रकार ऋषि धमलालाई फन्नी पात्रका रुपमा लिन्छन् । धमलाको क्यारेक्टरको चर्चा हुन्छ, चियापसलदेखि फाइभस्टारसम्म । तर, उनै धमला जसरी मान्छेका ज्रिब्रोमा ‘फन्नी’ पात्रका रुपमा झुन्डिएका छन्, चलचित्रमा पनि त्यसैगरी उत्रिएका छन् । ऋषिले चलचित्र ‘हाउ फन्नी’ मा अभिनय गरेका छन् । ‘चलचित्र पत्रकारकै भुमिकामा छु, पत्रकार आन्दोलनको विषयमा त्यहाँ ऋषि धमला रियल क्यारेक्टरमा उत्रेको छ’, धमलाले भने, ‘चलचित्रमा अभिनय गर्न पनि मलाई असहज भएन, जे छु त्यहि रोलमा फिट भएँ ।’ रिपोर्टस क्लवमा अध्यक्ष धमलाका लागि फिल्म नयाँ होइन । तर, फिल्मका लागि उनी नयाँ हभएका छन् । बारम्बार समाचारीय गसिपमा उत्रिने धमलाले माल्भिका सुव्बा निर्मित फिल्मका कारण झन् गसिपमा आएका छन् । उनलाई भेट्नेले ‘फन्नी’ पारामा भन्न थालेका छन्,‘ऋषि जी, हाउ फन्नी ?’

A009_C036_0104MY
निलु डोमा शेर्पाको निर्देशनमा बनेको फिल्ममा धमला नायिका प्रियंका कार्कीसँगको संवादको सिनमा उत्रिएका छन् । अहिले चलेका कलाकारहरुसँग धमलाको फिल्मीयात्रा सुरु भएको हो ।
‘अव फिल्मी यात्रा पनि सुरु भयो’, धमलाले भने । त्यसो त सानो पर्दामा उनको जति तस्बिर प्राय कसैको पनि आउँदैन होला । यहि कारण पनि उनी चर्चामा आइरहन्छन् । टेलिभिजनहरुमा कार्यक्रम प्रस्तोताका रुपमा पनि ख्याती कमाइसकेका धमलाले थपे,‘फिल्म अलिकति फरक अनुभवचाँही हो ।’ सेतो सुटमा सटहरुको सामना गरेका धमला पनि अभिनयमा उत्रिएको फिल्म हाउ फन्नीमा दयाहाङ राई, कार्की, केकी अधिकारी, निशा अधिकारीलगायतको अभिनय रहेको छ ।

Comments