यु–ट्युबमा ‘यो हो काठमाडौं’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २६ फाल्गुन मंगलवार
no img

Cycle

काठमाडौं । संगीतकार राजेन्द्र श्रेष्ठद्धारा निर्मित चलचित्र साइकल आगामी चैत्र २० गतेबाट रिलीज हुने भएको छ । रिलिजको संघारमा आएर चलचित्रको एउटा गीत युट्युबमार्पत सार्वजनिक गरिएको छ.। ‘यो हो काठमाडौं’ बोलको गीत सार्वजनिक गरिएको हो, जसमा गायक राजेशपायल राईले स्वर दिएका छन् भने संगीत राजेन्द्र श्रेष्ठ र रचना प्रकाश बज्राचार्यको रहेको छ. । शिव घिमिरेको निर्देशनमा बनेको ‘साइकल’ मा गरिब तर जेहेन्दार विद्यार्थीको संघर्ष तथा एउटी सम्पन्न युवतीको अहंताबिचको द्धन्द्धात्मक कथालाई चित्रण गरिएको निर्माणपक्षले जनाएको छ. ।
टप इन्टरटेनमेन्टको व्यानरमा संगीतकार राजेन्द्र श्रेष्ठका साथमा रत्नबहादुर श्रेष्ठ, श्रीमाया श्रेष्ठ र सृष्टी थापाद्धारा निर्मित चलचित्रमा सह–निर्मात्री धनुका राई ‘धरा’ रहेकी छन् । चलचित्रमा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठलगायका कलाकारको अभिनय रहेको छ । चलचित्रमा विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई अतिथी भूमिकामा देखिँदैछन् छन् ।

Comments