बिहे गरिन् सुमिनाले
screennepal
प्रकाशित: २०७१, २५ फाल्गुन सोमबार
no img

11047151_1030139587015831_1994117253_nअभिनेत्री सुमिना घिमिरेले बिबाह गरेकी छिन् । काभ्रेका रोशन सापकोटासग काठमाडौंको एक पार्टी प्यालेसमा उनले बिहे गरेकी हुन् ।

सुमिना र रोशनको भेट एक गीतको म्यूजिक भिडियो छायांकनका क्रममा भएको थियो । त्यसपछि प्रेममा परेका दुबैले बिहे गर्ने निर्णय गरेका थिए ।

बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीको संख्या ज्यादै न्यून देखियो । कलाकार मुकेश आचार्य र कल्पना शाही र ज्ञानेन्द्र देउजा बिहेमा देखिएका थिए । फिल्म ‘दुलही’बाट कला क्षेत्रमा प्रवेश गरेकी उनी दुलही हुनकै लागि केही महिनाअघि यो क्षेत्रबाट टाढिएकी थिइन् ।

तस्बिर सौजन्य: उत्सव रसाइली

Comments