यी अभिनेता मुम्बइमा पक्राउ
screennepal
प्रकाशित: २०७१, २४ फाल्गुन आईतवार
no img

146376-aditya-pancholi-at-mj-lives-party.jpg

मुम्बई । बलिउड अभिनेता आदित्य पञ्चोली आइतबार (आज) मुम्बईमा पुलिसले पक्राउ गरेको छ । एक फाइभ स्टार होटलको पबमा झगडा तथा तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । आरोपितका अनुसार जुहुस्थित होटल सी प्रिन्सेसको पबमा शनिबार राति १२ देखि १ बजे बीचमा आदित्य पुगेका थिए । पबमा डीजेले इंग्लिश गीत बजाइरहेका थिए । आदित्यले भने हिन्दी गीत बजाउन माग गरे । तर, डिजेले आफ्नो कुरा नमानेपछि आदित्यले फ्लोरमा तोडफोड सुरु गरे । हंगामा गर्न थालेपछि उनलाई बाउन्सरले जबरर्जस्त पबबाट बाहिर निकालेका थिए । आदित्यले बाउन्सरसँग पनि झगडा गरे । ती आरोपितका अनुसार आदित्यले आफ्नो मोबाइलले मन्दार नामका बाउन्सरलाई टाउकोमा हानेका थिए । ती बाउन्सरको टाउकोमा पाँच टाँका लागेको बताइन्छ । पब बाहिर झगडा गरेपछि आदित्य भाग्ने प्रयासमा थिए, तर उनलाई बाउन्सरले समातेर राखेपछि पुलिस बोलाइएको थियो । पुलिसले आदित्यमाथि हुलदंगा गरेको मुद्दा लगाएको छ । पबमा आदित्यको हर्कत पबका कर्मचारीले मोबाइलले खिचेर राखेका छन् । सो मोबाइल भिडियोमा आदित्य म्युजिक इन्स्टुमेन्टको तारसमेत तानिरहेका देखिन्छन् ।

Comments