शाहरुख पनि नेपाल आउँदै
screennepal
प्रकाशित: २०७१, २३ फाल्गुन शनिबार
no img

shaharukha

काठमाडौं । बलिउडका ‘किङ खान’ शाहरुख खान नेपाल आउने भएका छन् । उनलाई कान्साई नेरोल्याक पेन्ट्सले एक दिनका लागि नेपाल ल्याउन लागेको हो । १७ मुलुकमा शाखा रहेको भारतको प्रतिष्ठित पेन्ट्स कम्पनीको नेपालमा प्रवद्र्धनका लागि यी बलिउड अभिनेता आउन लागेका हुन् । शाहरुख उक्त पेन्ट्सको ब्रान्ड एम्बेसडर हुन् । उनी पत्रकार सम्मेलनमा बौद्धस्थित आइतबार ह्यात रिजेन्सीमा उपस्थित हुने बताइएको छ । सो कार्यक्रममा कान्साई नेरोल्याक नेपाल प्रमुख एचएम भारुकाको पनि उपस्थिति रहने जनाइएको छ ।

Comments