राजेशको ‘दिलमा’ केकीलाई दर्शन नमस्ते !
screennepal
प्रकाशित: २०७१, १७ फाल्गुन आईतवार
no img

शनिवार गायक राजेश पायल राई आफ्नो वल्र्ड टुरको सफलता मनाउनुका साथै बहुचर्चित गीत ‘दर्शन नमस्ते’ नामबाट रेस्टुरेन्टको समेत उद्घाटन गरे । नेपाली सुगम संगीतमा राज गरिरहेका राजेशले निकटहरुको सूची बनाउने हो भने उनको तीनलले रेस्टुरेन्टले धान्दैनथ्यो । तर, उनले मनले खाएका केही पाुहना बोलाए, तीमध्य धेरै पत्रकार थिए । 13133_10152804864212762_3541357253231880253_n

धेरै फिल्ममा गीत गाएका र फिल्मकर्मीसँग निकट रहेका राजेशको रोजाइमा भने अभिनेत्री केकी अधिकारी मात्र परिन् । रेस्टुरेन्टको उद्घाटनको रिबन र केक काट्नका लागि बोलाइएकी केकी एक्ली फिल्मकर्मी मात्रै होइन, एक्ली युवती पनि भइन् ।
स्वभाविक रुपमा प्रश्न उठ्यो, ‘राजेशका निकट मानिने यत्रो अभिनेत्री र अभिनेता छन्, रोजाइमा केकी मात्रै किन ?’ अरुसँगको मित्रता टुट्ला भन्ने पीर नगरी राजेशले उत्तर दिए, ‘केकी मलाई मनपर्ने मान्छे हो !’ खुशी हुँदै केकीले केक काटिन् र भनिन्, ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि उहाँबाट म प्रभावित भएँ । आगामी वर्षमा पनि केक काट्ने अवसर मैले नै पाउँ ।’ राजेशले मौका छाडेनन्, भनिहाले, ‘त्यसका लागि विहे मसँगै गर्नुपर्ने भयो ।’ माहोल ठट्टापूर्ण बन्यो तर राजेशको अनुहारले केकीप्रति आत्मीयता बढ्तै रहेको दर्शाउथ्यो ।
शनिवार साँझ कमलपोखरीस्थित दर्शन नमस्ते रेस्टुरेन्टको माहोल हेर्ने जोसुकैले अनुमान गर्न सक्थ्यो, राजेशले केकीलाई दिलमैँ ‘दर्शन नमस्ते’ त गरिसकेनन् ? बहराइनमा भएको कार्यक्रमबाट यी दुई नेपाली फिल्मका चर्चित अविवाहित सेलिब्रिटीको हित्तचित्त निकै मिलेको देखिन्छ । उनीहरुले त्यहाँ रहँदा खिचेका केही सेल्फीले पनि सम्बन्धको धागो जेलिन थालेको अनुमान गरिएको थियो ।

Comments