कति मोटाइछन् केकी !
screennepal
प्रकाशित: २०७१, १६ फाल्गुन शनिबार
no img

केकी अधिकारीको उचाइ प्रशस्त नभएपनि सुन्दरता अनुसारकै ज्यानले गर्दा धेरैको नजरमा राम्री छिन् । तर, फिल्म ‘हाउ फन्नी’मा केकी निकै मोटी देखिएकी छिन् । हालै सार्वजनिक ‘यो के हो माया जस्तै’मा कति ठाउँमा उनी मोटी देखिएकी छिन् । कालिन्चोकको हिउँमा खिचिएको यस गीतमा केकी अधिकारी र अनुप बिक्रम शाही जोडीका रुपमा देखिएका छन् । यस गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ । गीतमा शब्द शान बस्न्यात , संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ । फिल्ममा केकी र अनुपसंगै प्रियंका कार्की , दयाहाङ राई , शिशिर राणा लगायतको अभिनय रहेको छ । फिल्मको निर्देशन निलु डोमा शेर्पाले गरेकी हुन् । कार्यकारी निर्मात्रीको पूर्व मिस नेपाल माल्भिका सुब्बा छिन् । फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माता रहेका छन् ।
https://www.youtube.com/watch?v=Pse5tVuJ6qk

Comments