१६ सय घन्टा बनाउन लागेको गागाको यस्तो पहिरन (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, १३ फाल्गुन बुधबार
no img

lady-gaga-oscars-2015-performance

लस एञ्जलस । ओस्कर पुरस्कार समारोहको छुट्टै गरिमा छ । ओस्करलाई विश्वकै सर्वोकृष्ट अवार्ड मानिन्छ । ओस्कर जित्ने कलाकार रातारात सेलिब्रेटी बन्छन् । यसबाहेक यो समारोहको रमाइलो पक्ष भनेको सेलिब्रेटीबीच पहिरन स्पर्धा हो । ओस्कर पुरस्कार समारोहलाई सिनेकर्मीले मात्र नभई विश्वका ठूला–ठूला व्यापारीले पनि नजिकबाट नियाल्ने हँदा त्यहाँ उपस्थित सेलिब्रेटीले आफ्नो हैसियतले भ्याएसम्म फेसन गर्छन् । आइतबार राति सम्पन्न ८७औं ओस्कर पुरस्कार समारोहमा पनि हलिउड सेलिब्रेटीबीच रोमाञ्चक पहिरन स्पर्धा देखियो ।

Lady-Gaga-Oscars
हलिउड पप गायिका लेडी गागा यसपटक ओस्कर पुरस्कार समारोहमा आफ्नो गेटअपका कारण सनसनी बनिन् । उनले सेता रंगको गाउनमा समारोहमा उपस्थित थिइन्, जुन बनाउनमात्रै १६ सय घन्टा लागेको थियो छ । ‘एप्लोज’जस्ता विश्व चर्चित गीतकी गायिका गागा लस एन्जलसको डोल्बी थिएटरमा रेड कारपेटमा खुबै खुलेकी थिइन् । उनले लगाएको सेतो गाउनमा क्रिस्टल जडित थियो । उक्त गाउनमाथि उनले रातो रंगको सल पहिरिएकी थिइन् ।

lady-gaga-oscars (1)
गागाले आफूले लगाएको उक्त गाउनबारे आफ्ना फ्यानहरुलाई आइतरबार साँझै इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी गराएकी छन् । उनले आफ्नो तस्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘आजको रातलाई म कहिल्यै भूल्दिनँ । यस शानदार परिधानका लागि एजेडाइन अलाइयालाई धन्यवाद । पेरिसमा यो पहिरन बनाउन २५ जनालाई १६ सय घन्टा लागेको थियो । एजेडाइनले यसअघि ओस्करका लागि पहिरन डिजाइन गरेको थिएन ।’ ओस्कर पुरस्कार समारोहमा गागाले ‘द साउन्ड अफ म्युजिक’ बोलको गीतमा शानदार प्रस्तुति पस्केकी थिइन् ।

Lady-Gaga-Oscars-2015-Pictures-GIFs

la

Comments