मलेसियाबाट सम्मान लिएर आए सागर
screennepal
प्रकाशित: २०७१, ९ फाल्गुन शनिबार
no img

काठमाडौं । चलचित्र प्रर्दशनका लागि मलेसिया र सिंगापुर पुगेका निर्देशक सागर सुब्बा सम्मानको भारी लिएर फर्केका छन् । उनी केही साताअघि आफू निर्देशित चलचित्र ‘कुसुम’ प्रदर्शन गर्न मलेसिया र सिंगापुर गएका थिए । करिब दुई साताको भ्रमण अवधिमा उनलै त्यति नै संख्यामा सम्मान पत्र लिएर नेपाल फर्केका छन् ।

sagar subba

नेपाल फर्केपछि सागरले आफूले पाएको सम्मानको खुसी सेयर गर्दै भने, ‘कलाकारलाई नेपालमा भन्दा विदेशमा माया गर्दारै’छन् । मलेसिया यस्तो देश हो, जहाँ ७ लाखको हाहारीमा नेपाली छन् । निर्देशक सागरलाई किरात धर्म तथा साहित्य उत्थान संघ र कियाचु मलेशिया, नेप्लीज् बिजेनेस सोसाइटी क्वालालम्पुर, ब्यापारी समाज केलाङ, नेपाली गु्रप जोरबारुलगायतका संघ–संस्थाले सम्मान गरेका थिए । त्यस्तै, उनले सिंगापुरमा पनि नेपाली संघसंस्थाले आफूलाई सम्मान गरेको बताए ।

sagar
‘कुसुम’ शेर्पा समुदायको रहन–सहन तथा संस्कृतिमा आधारित नेपाली चलचित्र हो । चलचित्र हेरेपछि मलेसिया र सिंगापुरमा रहेका नेपालीले उत्साहपूर्ण प्रतिक्रिया दिएको सागरले सुनाए । उनले भने, ‘चलचित्र हुर्ने सबैले मन पराए । त्यहाँका नेपाली संघसंस्थाले फेरि पनि चलचित्र कुसुम प्रदर्शन गर्न माग गरेका छन् ।’ चलचित्र ‘कुसुम’ले शेर्पा समुदायको कला, संस्कृति र रहन–सहनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन समेत गरेको छ ।
नेपालको पर्यटन विकासको प्रर्वद्धनका लागि पनि आफ्नो चलचित्र विदेशमा प्रर्दशन गर्न चाहेको सागरले बताए । उनले भने, ‘चाँडै हङकङ, क्यानडालगायत ७ देशमा कुसुम प्रर्दशन हुँदै छ ।’ फराडेन्डी शेर्पाको निर्माण रहेको ‘कुसुम’ मा सौजन्य सुब्ब, कर्मा शेर्पा, सुप्रिया कटवाल, अर्चन राईलगायतका कलाकारको अभिनय छ । विदेशमा च्यारिटी गरिसकेपछि नेपालमा रिलिज गर्ने निर्देशक सागरले बताए ।

Comments