हट दीपशिखा शाही
screennepal
प्रकाशित: २०७१, ९ फाल्गुन शनिबार
no img

फिल्म नगरीमा केही समय नदेखिएकी अभिनेत्री दीपशिखा शाही फेरि झुल्किएकी छिन् र यही हप्ता फिल्म ‘इच्छा’मार्फत पर्दामा पनि देखिँदैछिन् । फिल्म ‘खोज’बाट अभिनयमा भविष्य खोजेकी दीपशिखाले छवटा फिल्ममा अभिनय गरिसकेकी छिन् । केही फिल्ममा उनको नाम शिखा शाही मात्रै थियो । दीपशिखा भन्छिन्, ‘कसैले छोटकरीमा मेरो नाम शिखा भन्यो र त्यही फिल्ममा प्रयोग भयो । पछि मिडियामा समेत मेरो नामको दीप काटिएको देख्दा अचम्ममा परेँ ।’ उचाइ राम्रो भएकी हिरोइन हुन् उनी । तर, उनको फिल्म करिअरले उचाइ हासिल गर्न सकेको छैन । भन्छिन्, ‘फिल्म ‘इच्छा’ले त्यो इच्छा पूरा गरिदिनेमा आशावादी छु ।’

तस्बिर शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजार

deepshikha (2) deepshikha (3) deepshikha (4) deepshikha

deepshikha (1)

Comments