बीचमै पढाइ छाड्ने यी स्टार !
screennepal
प्रकाशित: २०७१, २३ माघ शुक्रबार
no img
Deepika-

दीपिका पादुकोण

मुम्बई । हरेक क्षेत्रमा कम पढेर पनि चर्चा र सफलता हासिल गरेका उदाहरणहरु छन् । यस्तै, बलिउड नगरीमा यस्ता व्यक्ति छन्, जसले खाशै पढे–लेखका छ्रैनन् । अभिनेता अमिताभ बच्चन, विद्या बालनजस्ता स्टार जहाँ उच्च शिक्षित छन् । तर, उही अमिताभका छोरा अभिषेकले करिअरका लागि आफ्नो पढाइ बीचमै छाडेका थिए । अनौठो त के भने अहिलेको बलिउडकी टप अभिनेत्री कट्रिना कैफ त स्कुल नै गइनन् । अभिषेक, कट्रिना मात्र नभइ दीपिका पादुकोण, प्रियंका चोपड़ा र आलिया भट्टले पनि बीचमै आफ्नो पढाई छाडिसकेका छन् ।

Abhishek-Bachchan

अभिषेक बच्चन

अहिलेका टप बलिउड सेलिब्रेटीले बीचमै किन पढाई छाडे होलान् त ? यसको मुख्य कारण फिल्मी मोह पाइन्छ । अभिषेक सिर्फ फिल्ममा नभई पढाई–लेखाईको मामलामा पनि बाबुभन्दा निकै पछि छन् । अभिष्नेकले दिल्लीस्थित मार्डन स्कूलबाट पढाई सुरु गरेका थिए । त्यसपछि मुम्बईको जमना बाई नरसी र बाम्बे स्कटिश स्कूलमा पढे । त्यसपछि उनले स्विजरल्यान्डको एक प्राइभेट इंग्लिश बोडिङ स्कूलमा भर्ना भए । त्यही कलेजबाट उनी कलजे तहमा पुगे । त्यसपछि ग्राजुएट गर्न बोस्टन युनिभर्सिटी गए, तर उनले बीचमै पढाइ छाडेर फिल्मतिर लागे ।
बलिउडकी चर्चित अभिनेत्री हुन् कट्रिना । तर, उनको पढाईबारे सुन्नेहरु छक्कै पर्छन् । कट्रिनाको बाल्यकाल करिब १८ देशमा बित्यो । लगातार ट्राभलिङमा कारण उनी स्कुल जानै पाइनन् । उनले पढाईको नाममा होम ट्यसन लिएकी थिइन् । १४ वर्षको उमेरमै मोडलिङमा लागेकी कट्रिना त्यसपछि पढ्ने कुरै भएन । सबैभन्दा कम पढ्न अभिनेत्रीमा गनिन्छिन् ।

Priyanka-Chopra

प्रियंका चोपडा

बलिउड फिल्म उद्योगमा अभिनेता आमिर खान जति सफल छन् । तर, त्यो समान उनको पढाई छैन । स्कुल पढ्दैदेखि आमिर फिल्ममा करिअर बनाउन चाहन्थे । त्यसैले उनी पढाईलाई भन्दा बढी ध्यान फिल्मी करिअरलाई दिन्थे । आमिरले १२ कक्षासम्म पढपछि पढाई छाडेर एक्टिङ सिक्न थाले । तर, कम पढेर पनि आमिर बलिउडमा सर्वाधिक सफल निर्माता तथा अभिनेता कहलिएका छन् ।
त्यस्तै, बलिउडका दबंग स्टार सलमान खानले पनि पढाईमा खाशै ध्यान दिएनन् । सलमानले केही वर्ष ग्वालियरस्थित सिन्धिया स्कूलमा पढे । त्यसपछि उनी मुम्बईको सेन्ट स्टेनीस्लोस हाईस्कूलमा पढ्न थाले । त्यही स्कुलमा उनले स्कुलस्तरको पढाई पूरा गरेका थिए । सलमान कलेज ड्रपआउट हुन् । उनले बान्द्रास्थित नेशनल कलेजमा एडमिशन त गरे, तर पढाई पूरा गरेनन् ।
बलिउडका अर्का खान स्टार शाहरुख खानले पनि पोस्ट ग्राजुएसन गर्न सकेनन् । शाहरुख दिल्लीको हंसराज कलेजको विद्यार्थी हुन् । उनी इकोनामिक्समा ग्राजुएसनपछि दिल्लीको जामिया मिलिया इस्लामिया कलेजमा मास कम्युनिकेशनमा पोस्ट ग्राजुएसनका लागि भर्ना भएका थिए । तर, फिल्म करिअरका लागि उनले बीचमै पढाई छाडे ।

Aamir-Khan

आमिर खान

अभिनेत्री प्रियंका चोपडाले ‘मिस वल्र्ड’ बन्नका लागि पढाई छाडिन् । जम्शेदपुरमा जन्मेकी प्रियंकाले शुरुआतमा युपीमा पढिन् । त्यसपछि उनी अमेरिका गइन् । बरेलीस्थित आर्मी स्कूलमा पढिरहेकी बेला उनी ‘मिस इन्डिया’ बनिन् । र मोडलिङ सुरु गरिन् । प्रियंकाले केही समय मुम्बईको जय हिन्द कलेजमा भर्ना भएर पनि बीचमै पढाई छाडिन् ।

katrina_kaif_2013-1920x1080 (1)

कट्रिना

त्यस्तै, अभिनेत्री दीपिका पादुकोणले पनि फिल्मी करिअरकै लागि पढाई बीचमै छाडेकी हुन् । दीपिकाले बेंगलरको सोफिया हाई स्कूल र माउन्ट कर्मल कलेजमा पढेकी हुन् । तर, मोडलिङमा करिअर बनाउनका लागि उनले कलेजको पढाई बीचमै छाडिन् । उनी सञ्चारमा ग्राजुएसन गर्न चाहन्थिन् । तर फिल्ममा व्यस्त हुन थालेपछि पढाईलाई समय दिन सकिनन् । र, अभिनेता रणबीर कपुरले पनि पढाईलाई ध्यान दिन सकेनन् । बाम्बे स्कटिस स्कूलमा पढेका रणबीरले मुम्बईको एचआर कलेजमा एडमिशन गरे, तर, २ वर्षपछि बीचमै पढाई छाडेर उनी एक्टिङको कोर्स गर्न न्युयोर्क गए । उनको पढाई त्यतिकै अपूरो भयो ।

Comments