‘मिस टिनएर्जस’का थरीथरी प्रतिभा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २१ माघ बुधबार
no img

IMG_3355

काठमाडौं । ‘मिस टिनएर्जस इन्टरनेशनल–२०१५’ का स्पर्धीले आ–आफ्नो प्रतिभा देखाए । अन्तिम स्पर्धाका लागि छनोट भएका टिनएर्जस सुन्दरीहरुले राजधानीमा आयोजित ‘ट्यालेन्ट सो’राउन्डअन्र्तगत प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगीले नृत्य, गायन, वक्तृत्व कला, अभिनयलगायत विविध कला देखाएका थिए ।

IMG_3413
युहान इन्टरनेशनल इभेन्टद्वारा पहिलोपटक आयोजित ‘मिस टिनएर्जस इन्टरनेशनल–२०१५’ मा देशको विभिन्न स्थानका १६ देखि २० वर्ष उमेरका ३५ युवती स्पर्धा गरिहेका छन् । ‘ट्यालेन्ट सो’ का लागि चलचित्र निर्देशक सुमन दाहाल, सञ्चारकर्मी सरोज प्याकुरेल, फ्ल्याई टेकमा प्रबन्ध–निर्देशक नाजिर हुसैनलगायत निर्णायक थिए । ‘ट्यालेन्ट सो’ को नजिता फाइनलका दिन घोषणा गरिने छ ।

IMG_3186
२७ माघमा राजधानीमा हुने अन्तिम स्पर्धाका प्रतियोगीहरुलाई करिब एक महिना यता कोरियोग्राफर आश्विनी झाले क्याटवाकलगायत आत्मविकाससम्बन्धी विभिन्न तालिम दिइरहेका छन् । सौन्दर्य प्रतियोगिताको क्षेत्रमा टिनएर्जस युवतीहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले ‘मिस टिनएर्जस इन्टरनेशनल’ प्रतियोगिताको सुरुवात गरेको आयोजक संस्था युहानका प्रबन्ध निर्देशक सानु खानले बताए ।

IMG_3332

Comments