फिल्म फेयर अवार्ड–२०१५ : शाहिद र कंगना उत्कृष्ट
screennepal
प्रकाशित: २०७१, १८ माघ आईतवार
no img

 ६०औं फिल्म फेयर अवार्डमा फिल्म ‘हैदर’ बाट शाहिद कपुर र ‘क्वीन’ बाट कंगना रानवत उत्कृष्ट अभिनेता तथा अभिनेत्री भएका छन् । शनिबार साँझ मुम्बईस्थित यशराज स्टुडियोमा सम्पन्न अवार्डमा ‘क्वीन’ उत्कृष्ट फिल्म घोषित भएको छ ।
अवार्ड कार्यक्रममा ‘हैदर’ र ‘क्वीन’ बीच कडा प्रतिष्पर्धा भएको थियो । ‘क्वीन’ सर्वाधिक ६ विधामा उत्कृष्ट हँुदा ‘हैदर’ ले ५ विधामा अवार्ड पाएको छ । यस वर्ष ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बरिष्ठ अभिनेत्री कामिनी कौशललाई प्रदान गरिएको छ । कामिनीले ‘विराज बहु’, ‘उपकार’लगायतका फिल्मबाट चर्चा बटुलेकी थिइन् । कामिनीलाई अभिनेत्री जया बच्चनले सम्मान प्रदान गरेकी थिइन् ।

4deea_alia-bhatt
अवार्ड कार्यक्रममा अधिकांश बलिउड हस्ती सहभागी थिए । कार्यक्रमा उत्कृष्ट निर्देशकको अवार्ड विकास वेलले ‘क्वीन’ बाट पाए भने उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड तब्बुले ‘हैदर’ बाट हात पारिन् । त्यस्तै, कार्यक्रममा उत्कृष्ट सह अभिनेता के के मेनन फिल्म ‘हैदर’ उत्कृष्ट संगीत शंकर, ऐहसान र–लोय ‘टु स्टेट्स’, उत्कृष्ट गीतरश्मी सिंह ‘मुस्कुराने की वजह’ ‘सिटीलाइट्स’ उत्कृष्ट पाश्र्वगायक अंकित तिवारी ‘गलिया’ ‘एक भिलेन’ र उत्कृष्ट पाश्र्वगायिकाको अवार्ड कनिका कपुरले ‘बेबी डल’ फिल्म ‘रागिनी एमएमएस–२’ बाट हात पारिन् ।

shahid-kapoor
त्यस्तै, उत्कृष्ट अभिनेता ‘क्रिटिक्स’ सञ्जय मिश्रा ‘आँखो देखी’ उत्कृष्ट अभिनेत्री ‘क्रिटिक्स’ आलिया भट्ट ‘हाइवे’, उत्कृष्ट फिल्म ‘क्रिटिक्स’ रजत कपुर ‘आँखो देखी’, उत्कृष्ट डेब्यु अभिनेता फवाद खान ‘खुबसुरत’ र उत्कृष्ट डेब्यु अभिनेत्री कृति सानन फिल्म ‘हिरोपन्थी’ र उत्कृष्ट डेब्यू निर्देशकको अवार्ड अभिषेक मन ले फिल्म ‘टु स्टेट्स’बाट पाए । हालै प्रदर्शन भएको आमिर खानको फिल्म ‘पीके’ बाट अभिजित जोशी र राजकुमार हिरानीले उत्कृष्ट संवादको अवार्ड पाएका छन् ।

Comments