‘अश्लिल’ गाली गरेको आरोपमा सुरज र साहना पक्राउ
screennepal
प्रकाशित: २०७१, १४ माघ बुधबार
no img

s_L

फोन गरेर अश्लिल गाली गरेको आरोपमा सुरज गिरी र मोडल साहना बज्राचार्य पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार फोन गरेर तथानाम गालीगर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षबर्धन साहनीले महाशाखामा उजुरी गरेपछि दुबैलाई पक्राउ गरेको हो।

सोधपुछका लागि दुबैलाई प्रहरी नियन्त्रणमा लिइएको कार्कीले भने। प्रारम्भिक अनुसन्धानमा पीडितको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्धा प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

Comments