जैकलिन भन्छिन्, ‘सलमान मेरो गडफादर होइन’
screennepal
प्रकाशित: २०७१, १३ माघ मंगलवार
no img

मुम्बई । बलिउड अभिनेत्री जैकलिन फर्नाडिजले अभिनेता सलमान खान निकै लक्की भएको बताएकी छन् । पछिल्लो समय सलमानसँग फिल्म ‘किक’ मादेखिएपछि आफ्नो  भाउ बढाएकी जैकलिनले एक प्रशंगमा भनिन्, ‘सलमानलाई म गडफादर त भन्दिनँ तर उनी लक्की छन् ।’

jjjj
जैकलीनले सलमान खानसँग पछिल्लो समय गरेको फिल्म ‘किक’ सुपरहिट फिल्म भएको थियो । यस फिल्म चलेपछि हिजोआज जैकलिनलाई भ्याइनभ्याई छ । उनका हातमा अलिे पनि थुप्रै ठूलो प्रोजेक्टहरु छन् । त्यसैले जैकलिनले सधैं सलमानको तारिफ गर्छिन् । तर, उनी सलमानलाई आफ्नो गडफादर भन्ने मान्दिनन् । जैकलिनले भनिन्, ‘सलमान मेरो गडफादर त होइन, तर उनी मेरो लागि धेरै भाग्यशाली छन् ं। मलाई सलमानबाट धेरै प्रेरणा मिलेको छ । म सधैं उनलाई सम्मान गर्छु ।’ सलमानकै प्रेरणाले बलिउडमा पाइला राखेकी जैकलिनलाई सुरुमा हिन्दी भाषा बोल्न कठिन थियो । तर, उनले मिहिनेत गरेर अहिले राम्ररी हिन्दी बोल्न सक्ने भएकी छन् । उनी भन्छिन्, ‘हिन्दी बोल्न सिक्नलाई पनि मलाई सलमानको ठूलो साथ र सहयोग पाएँ ।’
फिल्म ‘अलादिन’मार्फत बलिउडमा इन्ट्री गरेकी जैकलिनले ‘किक’ को सफलतापश्चायत नै आफ्नो भाउ बढाएकी हुन् । यी श्रीलंकन मोडलको भाउ बढ्दो भाउ सुनेर अन्य बलिउडकर्मी पनि चकित खाएका छन् ।

jacqueline-fernandez2
फिल्म ‘किक’ पछि लगातार ठूलो प्रोजेक्टहरु उनको हातमा आइरहेका बेला केही दिनअघि उत्तर प्रदेशमा आयोजना भएको सरसफाइ महोत्सवबाट समेत निम्तो पाइन् । महोत्सवमा बलिउड अभिनेता ऋतिक रोशन, अभिनेत्री परिणिती चोपडालगायतलाई पनि बोलाइएको थियो । त्यसैले सो कार्यक्रमा जैकलिन पनि पुगेकी थिइन् । तर, जैकलिनले महोत्सवमा जम्मा ३ मिनेट मात्र नृत्य गरेकी थिइन् । सो तीन मिनटमै उनले ७५ लाख भारतीय रुपैयाँ लिएर मुम्बई फर्किन् । जैकलिनको उक्त डिमाण्ड देखेर महोत्सव आयोजकसमेत आश्चार्य भएका थिए । तर, दर्शकले उनकै माग गरेकाले आयोजकले आँखा चिम्लेर डिमाण्ड पूरा गरिदिएका थिए ।
अभिनय भन्दा ग्ल्यामर छविका कारण दर्शकमा लोकप्रिय जैकलिन हिजोआजा फिल्म ‘ब्रदर्स’ मा व्यस्त छिन् । सो फिल्ममा उनी अक्षय कुमार, सिद्धार्थ मल्होत्रा र ज्याकी श्रापका साथ देखिनेछिन् ।

Comments