‘पुर्नजन्म’ मा आर्यनको क्रियापुत्री गेटअप
screennepal
प्रकाशित: २०७१, १० माघ शनिबार
no img

Punarjanma_02

काठमाडौं । अभिनेता आर्यन सिग्देल अहिले फिल्म ‘होमवर्क’ मा व्यस्त छन् । सो फिल्ममा आर्यनको नयाँ गेटअपले चर्चा पाइरहेको छ । फिल्ममा उनी पहिलोपटक फरक लुक्समा देखिन लागेका हुन् । यसैबेला उनी अभिनीत ‘पुनर्जन्म’ को तस्वीर सार्वजनिक भएको छ, जसमा आर्यनले कपाल र दाह्री काटेका छन् । तस्बिरमा उनी क्रियापुत्री भेषमा देखिन्छन् ।

aryan
सत्य घटनामा आधारित भनिएको ‘पुर्नजन्म’ ले मनोरञ्जनसँगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रशंग र पुराना संस्कृतिबारे समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहन कृष्ण श्रेष्ठसंगै भद्रबहादुर शाहीको पनि लगानी रहेको छ । एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित फिल्मलाई निर्देशनसँगै सम्पादन पनि स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका हुन् । फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामालगायतका कलाकारको अभिनय छ ।

Comments