सुनिलको नयाँ होस्टेल समावेशी !
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
no img

विषेश गरी विद्यार्थी बस्ने होस्टेलको कथामा आधारित फिल्म ‘होस्टेल रिटन्र्स’ क्याम्पसका विद्यार्थीका सामू मञ्चन गरेर फर्काइएको छ । निर्माता सुनिल रावलको नयाँ होस्टेल समावेशी देखिएको छ । अर्थात् यसपल्ट पूर्वपश्चिम र तराईसमेत समेटेरे पात्र सिर्जना गरिएको छन् । सुदूरपश्चिमको लवजमा, पूर्वको लवजमा र तराईबासीको लवजमा पात्रहरु अभिब्यक्त भइरहेको देख्न पाइन्छ । समावेशी र पहिचानको नारा जोडतोडले उठिरहेका बेला रावल सामाजिक मुद्दाप्रति सचेत देखिएका छन् ।
10430052_905155299518638_6969599110794839261_nफिल्म रिलिज २०७२ सालको वैशाख २५मा हुने भए पनि ‘होस्टल रिटन्र्स’को प्रचार सुरु गरिएको छ । निर्माता सुनिल रावलले आफ्नो तेस्रो फिल्मको प्रचारका लागि शुक्रबार फस्ट लुक्स र गीत सार्वजनिक गरे ।
सामान्यतयाः भिजुअलका माध्यमबाट देखाइँदै आएको प्रोमो कलाकारले नै प्रत्यक्ष अभिनय गरेर सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सुशील श्रेष्ठ, शशि श्रेष्ठ, अभय बराल, नाजीर हुसेन, स्वस्तिमा खड्का, प्रदीप चौधरी लगायतका कलाकारले अभिनय गरेका थिए ।
युवा दर्शक लक्षित फिल्म निर्माण गर्दै आएको दुर्गिस फिल्मस्ले क्यास्पियन कलेजले गरेको कार्यक्रमकै बीचमा आफ्नो प्रस्तुति घुसाएको थियो ।
सुरज भुषालद्वारा निर्देशित फिल्ममा स्वप्निल शर्माको संगीत रहेको छ । फिल्मले इन्जिनियरिङ पढ्ने विद्यार्थी र अभिभावक बीचको आपसी द्वन्द्व र त्यससँगै युवा पुस्ताको संवेदनालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।
दुर्गिस फिल्मस्ले यसअघि ‘सायद’ र ‘होस्टल’को निर्माण गरेको थियो । दुवै फिल्म बक्स अफिसमा सफल भएका थिए ।

Comments