श्रीमती बचाउन नेपाली र हप्सीको फाइट (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
no img

fight

काठमाडौं । यहाँहरुले सुनेकै होला ? विदेशमा रहेका नेपालीहरु बेला बेला हप्सी तथा अन्य विदेशीसँग झगडा गरेको कुरा । विशेषगरी मलेसिया, अरब, सिंगापुरलगायतका देशमा हप्सीसँग ढिस्को थेक र रेष्टुराँहरुमा नेपालीको झगडा हुने गरेका छ । यस्तै, बेलायतमा पनि नेपाली र हप्सीबीच कुटाकुट भएको दृश्य यहाँ हेर्न सकिन्छ । मध्य दिनमै बेलायतको सडकमा देखिएको यो नेपाली र हप्सीबीचको लडाईं वास्तविक नभएर एउटा फिल्मको हो ।
बेलायतमै बस्दै आएका नेपालीले बनाएको फिल्म ‘कसुर’ मा हप्सी र नेपालीको झगडा देखाइएको छ । एक नेपालीको श्रीमतीलाई हप्सीले ¥याग हानेपछि झगडा हुन्छ । उनीहरु कुटाकुटमात्र नभएर गोली हानाहानसम्म पुग्छन् । यो फिल्ममा देखिएको दृश्यजस्तो विदेशमा रियल पनि हुने गरेको नसुनिएको होइन । यस्तै वास्तविकतालाई फिल्ममा बेलायतमा बस्दै आएका प्रेम लामाले पर्दामा उतारका हुन् । बेलायतमै छायांकन गरिएको यस फिल्ममा त्यहाँ बस्दै आएका नेपाली कलाकारले नै अभिनय गरेका छन् । मनोरञ्जन नेपालले अपलोड गरेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=9TWz0HhvLcM

Comments