किम भन्छिन्, ‘मान्छे भ्रममा बाँचिरहेका छन्’
screennepal
प्रकाशित: २०७१, ५ माघ सोमबार
no img

लण्डन । टिभी रियालिटी सो ‘किपिङ अप विद द कर्दाशियन’ मार्फत लोकप्रिय भएकी अमेरिकी मोडल तथा रियालिटी स्टार किम कर्दाशियन मान्छे भ्रममा बाँचिरहेको बताएकी छन् । एक अन्तवार्तामा किमले भनेकी छन्, ‘जीवनदेखि मान्छे भ्रममा छन् । उनीहरुलाई लाग्छ, जीवनमा सबै चिज सजिलै मिल्छ । तर यो ठूलो भ्रम हो ।’

Kim-Kardashian-21
बेलायतबाट सञ्चालित एक वेबसाइटले जनाएअनुसार ३४ वर्षीया किमले पत्रिका ‘वोग’ का लागि सिड्नीनजिकै जर्विस समुद्री तटमा फोटोसुटका क्रममा यस्तो कुरा गरेकी हुन् । फोटोसुटको दौरानमा किमले आफ्नो जिन्दगीबारे खुलेरै कुरा गरेकी थिइन् । ‘मेरो बारेमा पनि मान्छे यही भ्रममा छन् कि, म कडा मिहिनत गर्दिन रे’ किमले भनिन्, ‘र, मलाई हरेक चिज सजिलै मिलिरहेको छ रे । तर, यस दुनियाँमा रहन मुश्किल छ ।’ उनले सारा मान्छेले आ–आफ्नो तरिकाले कुरा गरिरहेको बताइन् ।
जीवनमा आफूलाई सन्तुलनमा राख्नुबारे किमले भनिन्, ‘म एक आमा बनिसकेकी छु । त्यसैले मलाई कसरी जीन्दगीलाई प्राथमिकता दिने भन्ने पनि थाहा छ ।’

Comments