‘मायामा’ मार्फत् लोकप्रिय हुँदै नोर्बु
screennepal
प्रकाशित: २०७१, ४ माघ आईतवार
no img

norbu
संगीत क्षेत्रमा पहिचान बनाउन केही समयअघिदेखि नै सक्रिय छन्, गायक नोर्बु तामाङ । अस्ट्रेलियामा रहने भए पनि नेपाली संगीत क्षेत्रमा उनको क्रियाशीलता घटेको छैन । ‘प्रार्थना’ गीतिसंग्रहमार्फत गायकको परिचय बनाएका हुन् उनले । अहिले सोही गीतको म्युजिक भिडियो ‘मायामा’ मार्फत उनी लोकप्रियता कमाइरहेका छन् । उनले संग्रहका चारवटा गीतको म्युजिक भिडियो बनाइसकेका छन् । पासाङ योञ्जन लामाले निर्देशन गरेका उक्त भिडियोमा वर्षा शिवाकोटी र मिङ्मा शेर्पाले अभिनय गरेका छन् । एल्बममा छवटा गीत संगृहीत छन् ।

Comments