‘अझै पनि’ को चौँथो गीत : झल्कियो सुदर्शन र पुजाको प्रेम
screennepal
प्रकाशित: २०७१, ३ माघ शनिबार
no img

काठमाण्डौ । फागुन १५ गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’को चौँथो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतमा सुदर्शन थापा र पुजा शर्माको प्रेम झल्किएको छ । गीतले प्रेममा रमाएको जोडीलाई चित्रित गरेको छ । प्रस्तुत गीतमा डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ । गीतमा दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर दिएका छन् ।

K-garda
‘अझै पनि’लाई स्व. निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेका हुन् । यो चलचित्र आलोकको अन्तिम चलचित्र हो । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गर्ने बताईएको छ । ‘अझै पनि’मा सुदर्शन र पुजासँगै सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङ्गाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ ।  


Comments