राजेश पायलको रोजाइका १० गीत
screennepal
प्रकाशित: २०७१, ३० पुष बुधबार
no img

प्रसिद्ध गायक राजेश पायल राई गीत गाउनमात्रै होइन, सुन्न पनि उत्तिकै रुचाउँछन् । सुन्ने क्रममा उनको मनमा केही गीतले राज गरेका छन् । त्यसैगरी आफैँले गाएका केही गीत असाध्यै आत्मीय लाग्छन् र उनी सुन्छन् । उनले स्रोतालाई पाँच आफ्ना र पाँच अरूका गीत प्रिय हुनुका कारण बताएका छन् ।
अरूका पाँच
बफलो सोल्जर
मलाई असाध्यै मन पर्ने गीत हो यो । बब मार्लीले गाएको यो गीतले जातीय भेदभावको विरोध गरेको छ । गोरा जातिले काला जातिलाई हेप्ने समयमा गाइएको असाध्यै सान्दर्भिक गीत हो यो । जमैकाका गायक मार्लीको यो क्रान्तिकारी गीत निकै पटक सुनेको छु ।
कुछ तो लोग कहेँगे
आफ्नै जीवन डो¥याउने दर्शनजस्तो लाग्छ यो गीत । किनभने, जे गर्दा पनि दुनियाँले केही न केही भनिहाल्छ । किशोर कुमारले गाएको यस गीतले सफलता हासिल गरिरहँदा खुट्टा तान्ने दुनियाँको पर्वाह नगरी अघि बढ्न प्रेरित गर्छ । ‘कुछ तो लोग कहेंगे, दुनियाँ का काम है कहेना’ भित्र ठूलो व्यावहारिक सत्य लुकेको छ ।
यो मन त मेरो नेपाली हो
राष्ट्रिय गीत मैले पनि धेरै गाएको छ । किन–किन यो गीत बढी नै आत्मीय लाग्छ । किनभने, यो गीतले छिनछिनमा आफ्नो मातृभूमिलाई माया गर्न प्रेरित गरिरहन्छ । यसले जहाँ, जे भए पनि मनभित्र नेपाल रहेको कुरा बोलेको छ । १९७४ एडीले गाएको यो गीतको संगीत पक्ष पनि उत्तिकै बलियो छ ।
ए कान्छा ठट्टैमा
लोकगीत भन्नेबित्तिकै मलाई यो गीतको याद आउँछ । किनभने, यसमा प्रयोग भएका शब्द, संगीत र स्वरले लोकपन झल्काउँछ । नारायण गोपालका उत्कृष्ट धेरै गीतमध्य यो पनि हो । गाउँ, ठाउँ र परिवेश गीतमा दुरुस्तै उतारिएको छ ।
मोहनी लाग्ला है
म फिल्म संगीतमा आउनुअघि आएको गीत हो यो । फिल्मको पाश्र्वगायनमा रुचि भएकाले मैले यो गीत खूब सुनेको छु, गुनगुनाएको छु । त्यसैले यो गीत मलाई मन पर्छ । फिल्मको पाश्र्वगायन भन्नेबित्तिकै पछिसम्म यही गीत दिमागमा नाचिरहन्थ्यो ।
rajeshआफ्ना पाँच
फैलियो माया दुबोसरी
यो गीतले मलाई सांगीतिक दुनियाँमा चिनाएको हो । यो किन पनि सुन्छु मान्छेले आफ्नो धरातल बिर्सनु हुँदैन । राम्रो पनि भएका कारण यो लोकप्रिय भएको हो ।
नमाग मसँग
यो गीतले मेरो करिअर उठाउने काम गरेको हो । रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा सहभागी हुँदा गाएको थिएँ । संगीतकार र गीतकार प्रथम भए तर मैले सान्त्वना पुरस्कार पाएँ । रेडियो नेपालको इतिहासमा सान्त्वना पुरस्कार पहिलोपल्ट राखिएको थियो ।
सागरसरी चोखो माया
जहिलेसम्म यो संसारमा माया भन्ने चिज रहन्छ, त्यतिञ्जेलसम्म यो गीत श्रवणीय हुन्छ जस्तो लाग्छ । किनभने, यसले सम्पूर्ण रूपमा प्रेमभाव बोकेको छ ।
दर्शन नमस्ते
नेपालीको हार्दिकता बाँड्ने शैलीमाथिको यो गीत निकै रुचाइयो । गीतका ‘दर्शन, नमस्ते’ भन्ने दुई शब्दले गर्दा यो असाध्यै राम्रो बनेको हो ।
असतोमा सत गमय
सानैदेखि निकै सुनेको यो श्लोक असाध्यै प्रिय लाग्छ । परापूर्वकालदेखिको यो वाक्यांशमाथि बनेको गीत मलाई राम्रो लाग्छ । धेरै स्रोताले नसुने पनि यो गीत सुन्दा म आनन्दित हुन्छु ।
-शुक्रवारबाट

Comments