सबै वर्गलाई रेखाको ‘तथास्तु’
screennepal
प्रकाशित: २०७१, २३ पुष बुधबार
no img

काठमाडौं । चलचित्र ‘तथास्तु’ ले सबैले हेर्न मिल्ने चलचित्र सेन्सर बोर्डबाट सर्टफिकेट पाएको छ । यस चलचित्रले ‘युनिभर्सल’ सर्टिफिकेट पाएको हो । सबिर श्रेष्ठ निर्देशित ‘तथास्तु’ मा रेखा थापाको विशेष भूमिका रहेको छ । निर्देशक श्रेष्ठकै लागनी रहेको यस यो चलचित्र २५ पुसबाट रिलिज हुँदैछ ।

rekha

‘तथास्तु’ का लागि अभिनेत्री रेखा पनि सहभागी थिइन् । प्रायः अरुको लगानीमा बनेको चलचित्रलाई वास्ता नगर्ने रेखाले ‘तथास्तु’ को भने राम्रै प्रचार गरिरहेकी छन् । उनले आफ्नो फेसबुकवालमा समेत ‘सेन्सरमा तथास्तु हेरेको र तथास्तु निर्देशक श्रेष्ठ नम्वर वान निर्देशक’ भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘सविरले फेरी पनि राम्रो फिल्म बनाएर प्रमाणित गरिदिनुभएको छ । सबिरको निर्देशनमा अभिनय गर्न पाउँदा म गर्व गर्छु ।’ चलचित्रमा  नारीहिंसा र प्रतिकारको प्रतिनिधित्व गर्ने पात्रका रुपमा रेखा देखिँदैछिन् । जगदीश्वेर थापाको लेखन, बसन्त सापकोटाको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रेखाका अलावा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ ।

Comments