नाममात्रै ‘लोग्नेमान्छे’ रे !
screennepal
प्रकाशित: २०७१, १४ पुष सोमबार
no img

???????????????????????????????

काठमाडौं । चलचित्र ‘लाग्नेमान्छे’ को अडियो सार्वजिनक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । लय संग्रौला निर्देशित यस चलचित्र २३ माघबाट देशभर एकसाथ प्रर्दशनमा आउँदै छ ।
बन्धु फिल्मस् प्रालीको प्रस्तुति तथा प्रदीप मित्तलको निर्माण रहेको यो चलचित्र नाम ‘लोग्नेमान्छे’ हो, कथावस्तु भने नारीप्रधान भनिएको छ । चलचित्र लोग्नेमान्छेले वैवाहिक बन्धनपछि हुने स्वाभाविक तथा अस्वाभाविक घटनाक्रमको समस्यालाई मनोविज्ञानलाई रुपमा चित्रण गरिएको निर्देशक संग्रौलाले बताए । चलचित्रमा दीलीप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरmङ, ध्रुव कोइराला, संगीत लिम्बू, अञ्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौलालगायतको अभिनय छ ।

Comments