फिल्म ‘झोले’पछि राम्रो स्क्रिप्टको पर्खाइमा फिल्म निर्देशन नगरेका निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा ‘पशुपति प्रसाद’ नामक फिल्म निर्माण हुने भएको छ ।
फिल्म ‘टलकजंग भर्सेस् टुल्के’ मार्फत् राम्रो प्रशंसा बटुलेका लेखक÷अभिनेता खगेन्द्र लामिछानेले फिल्मको स्क्रिप्ट लेखेका छन् र फिल्मको मुख्य भूमिकामा उनी पनि रहनेछन् ।
‘टलकजंग भर्सेस् टुल्के’कै रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेका छन् । उनले फिल्ममा अभिनय पनि गर्नेछन् । मुख्य भूमिकामैँ अभिनेता विपिन कार्कीले पनि अभिनय गर्ने टुंगो लागेको छ । सोसियल ड्रामा भनिएको फिल्मको विषय खुलाइएको छैन । फिल्मको निर्माण पोजिना सिटौला, सीता श्रेष्ठ र रजिना नापितले गर्नेछन् ।