क्रिसमसमा अकेशा र सौरम (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, १० पुष बिहीबार
no img

अकेशा विष्ट र सौरम तुलाधर सानो पर्दाका सुपरिचित नाम हुन् । म्युजिक भिडियोमा उनीहरूलाई धेरै नै देख्न पाइन्छ । अकेशा म्युजिक भिडियो मोडलका रूपमा मात्रै होइन, भीजेका रूपमा पनि उत्तिकै सक्रिय छिन् । हाल उनी कान्तिपुर टीभीको ‘कल कान्तिपुर’ चलाइरहेकी छिन् । यी दुई पुस १८ गते ठूलो पर्दामा देखिने भएका छन् । म्युजिक भिडियोमै लामो अनुभव हासिल गरेका निर्देशक निकेश खड्काले निर्देशन गरेको फिल्म ‘जिन्दगी रक्स’ मार्फत उनीहरू फिल्ममा देखिने भएका हुन् । सौरमले यसअघि नै ‘गुडबाई काठमाडौँ’ र ‘सडंग’मा अभिनय गरेका छन् । तर, यी दुइटै फिल्म रिलिज भएक छैनन् । केमेस्ट्री मिलेको भनिएको यो जोडीले शुक्रवारका लागि क्रिसमस विशेष तस्बिर खिचाएका छन् ।

तस्बिर शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजार
पहिरन डिजाइनः उत्तम बनेपाली, उत्तम्स क्रियसन, कुपन्डोल ।

IMG_0018 copy IMG_0041 copy IMG_0048 copy

IMG_0041 copy

Comments