सिजन अनुसार प्रचार
screennepal
प्रकाशित: २०७१, ९ पुष बुधबार
no img

फिल्मको पब्लिसिटीका लागि अनेक उपाय लगाउँछिन् रेखा थापा । उनी यतिबेला आफू मुख्य भूमिकामा रहेको फिल्म ‘तथास्तु’को प्रचार लागिरहेकी छिन् । सिजन अनुसार मिल्ने फिल्मका ‘कन्टेन’ सार्वजनिक गर्दै गइरहेकी छिन् । यही क्रममा क्रिसमस नजिकिएको समयमा उनले चर्चमा विहे गरेको तस्बिर सार्वजनिक गरेकी छिन् ।
IMG_1993नेपाली फिल्ममा विहेका प्रशंग आउँदा कमै देखिने चर्चको दृष्यलाई सोही सिजनमा ल्याएर दर्शकलाई कौतुहल बनाएकी हुन् । पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको उक्त दृष्यमा रेखा र सुवास थापाले बिहे गर्दै गरेको तस्बिर सार्वजनिक गरिएको हो । सविर श्रेष्ठले निर्देशन गरेको फिल्ममा किशोर खतिवडा र विज्ञान जोशी पनि मुख्य भूमिकामा छन् । रेखा थापालाई एक्सन भूमिकामा देखाइएको फिल्मको ट्रेलरमा सुवास थापा खलपात्रको रुपमा देखिएका छन् । तर, निर्माण पक्षले यी दुईको बिहे भएको तस्बिर सार्वजनिक गरेर थप कौतुहल सिर्जना गरिदिएको हो ।

Comments