‘जासूस’ बन्ने सपना पूरा भएपछि… (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, ६ पुष आईतवार
no img

how funny 10

काठमाडौं । रमिता (प्रियंका) र पुष्पा (केकी) को सानैदेखिको ‘जासुस’ बन्ने सपना पूरा हुन्छ । सपना पूरा भएपश्चात उनीहरु आफ्नो एसपी तेजबहादुर राई (दयाहाङ) लाई भेट्छन् । जागिरको पहिलो दिन केन्द्रीय अनुसन्धान ब्युरोमा पुग्दा उनीहरुको खुसीको सिमा हँुदैन । रहरले खाएको जागिरले उनीहरुको जीवनमा परिवर्तन ल्याइदिन्छ । तबकि, उनीहरुले एउटा केस पाउँछन, जसको अनुसन्धान गर्दा उनीहरुको जीवनमा उतार–चढाव आउँछ । यो हाल छायांकन भइरहेको चलचित्र ‘हाउ फन्नी’ को एउटा अंश हो । चलचित्र यसैबाट सुरु हुन्छ ।

how funny 3
शनिबार थापाथलीमा रमिता र पुष्पाको सिबिआई अफिसमा पहिलो दिन हुने रमाइला गतिविधिलाई क्यामेरामा कैद गर्दै थिए, हरि हुमागाई । यो चलचित्रलाई निर्देशन गर्दैछिन् निलु डोल्मा शेर्पा । निलु भन्छिन्, ‘मैले सोचेभन्दा राम्रो काम भइरहेको छ । छायांकनको क्रममा महिला निर्देशक भएको कुनै महसुस भएको छैन । सबैबाट साथ पाएकी छु ।’ अमेरिकामा चलचित्र सम्बन्धी अध्ययन गरेर आएपछि निलुले निर्देशन गर्ने आँट गरेकी हुन् । निलुको आँटमा हैसे थप्दै पूर्वािस नेपाल माल्भिका सुब्बाले साथ दिएकी छन् । चलचित्रको माल्भिका कार्यकारी निर्मात्रा हुन् । माल्भिकाले चलचित्र छायांकन ३० दिनमै सक्ने बताएकी छन् ।

how funny 6
सबै महिला मिलेर निर्माण सुरु गरिएको ‘हाउ फन्नी’ मा पटकथा तथा संवाद  शान बस्न्यातले लेखेका हुन् । यस चलचित्रमा   दयाहाङ राई, प्रियंका कार्र्की, केकी अधिकारी, निशा अधिकारी, अनुप बिक्रम शाही र शिशिर राणाको मुख्य अभिनय हेर्न सकिने छ । चलचित्र ‘हाउ फन्नी’ ले एउटा क्राइमको पाटोलाई केलाए पनि ‘रोमान्टिक थ्रीलर’ हुने निर्माणपक्षले बताएका छन् ।
how funny 2

Comments