सन् २०१४ : सलमानले धाने बलिउड ! ‘पिके’माथि अपेक्षा
screennepal
प्रकाशित: २०७१, ६ पुष आईतवार
no img

salman-khan

मुम्बई । बलिउडमा सन् २०१४ मा केही फिल्मले मात्र बक्स अफिसमा १ सय करोड रुपैयाँभन्दा माथिको व्यापार ग-यो । धेरै फिल्म फ्लप भए । २०१४ मा करिब १८० फिल्म रिलिज भए, जसमा शिर्फ ७ फिल्मले मात्रै १ सय करोड रुपैयाँ माथिको व्यापार ग-यो । जबकि, यस सलमान खानको फिल्म ‘किक’ एकलौटी देखियो । यो फिल्मले २ सय करोड रुपैयाँ माथिको कारोबार गरेको थियो । पछिल्लो समय अर्थात् २०१४ को अन्त्यतिर (शुक्रबारबाट रिलिज) भएको फिल्म ‘पीके’ अर्को आशा गरिएको फिल्म हो । यो वर्षकै हिट फिल्म हुन सक्ने अपेक्षा गरिएको छ ।
२०१४ मा टाइगर श्राफको ‘हीरोपन्ती’, सिद्धार्थ मल्होत्राको ‘एक भिलेन’, वरुण धवनको ‘मैं तेरा हीरो’, आलिया भट्टको ‘हाई–वे’ र ‘२ स्टेट्स’ ले बक्स अफिसमा राम्रो सफलता हासिल गरेको छ । यी फिल्मले केवल लागत मात्र उठाएनm मुनाफा पनि कमाउन सफल भए ।

PK-devgan
मल्टिमिडिया कन्बाइन्सका राजेश थडानीका अनुसार यस वर्षको सुरुवात बलिउड राम्रो थियो । तर, दोस्रो चरण अर्थात् ६ महिनापछि रिलिज भएका अधिकांश फिल्म फ्लप भए । बलिउड फिल्मको व्यापार हेर्ने कोमल नाहटाले सन् २०१४ लाई ‘औसत वर्ष’ भनेका छन् । उनी भन्छन्, ‘२०१४ को शुरुआत राम्रो थियो, तर अन्त्यतिर आएर गिरावट भयो ।’ उनका अनुसार १५÷२० वर्षको अन्तरालमा यस २०१४ नोभेम्बरभन्दा खराब महिना बलिउडमा आएकै थिए । नोभेम्बरमा ‘द शौकीन्स’ र ‘किल दिल’ जस्था केही फिल्म आए, तर व्यापार गर्न सकेनन् । त्यस्तै, ओर थडानी भन्छन्, ‘२०१४ मा बलिउडको यति धेरै नोक्ससान भयो, यसको लेखाजोखा नै छैन । एक्शन जैक्सनजस्ता सफल्म पनि फ्लप भयो ।’
कमाइको हिसाबले यस वर्ष बक्स अफिसका लागि सात फिल्मले राहत पाए । जसमा ‘जय हो’ (करिब ११० करोड रुपैया), ‘होली–डे  ः ए सोल्जर इज नेवर अफ ड्यूटी’ (११० करोड), ‘२ स्टेट्स’ (१०५ करोड), ‘किक’ (२०० करोडभन्दा माथि), ‘बैंग बैंग’ (१४५ करोड), ‘ह्याप्पी न्यू ईयर’ (१८८ करोड) र ‘सिंघम रिट्नर्स’ (१४० करोड) कमाए भने ‘एक भिलेन’ (९६ करोड) र ‘हन्प्टी शर्मा की दुल्हनिया’ (८६ करोड) ले यस वर्ष बलिउलाई थोरै राहत मिल्यो ।

Comments