क्यान्सरपिडितलाई ‘पिके’ को सहयोग
screennepal
प्रकाशित: २०७१, ५ पुष शनिबार
no img

काठमाडौं । बलिउड अभिनेता आमिर खान अभिनित हिन्दी चलचित्र ‘पिके’ को विशेष प्रदर्शनीबाट उठेको २ लाख रुपैयाँ नगद ब्लड क्यान्सरपीडित अर्जुन कार्कीलाई प्रदान गरिएको छ । सोसियल एक्सन नेपालले ब्लड क्यान्सरपीडित कार्कीको सहयोगका लागि बिग मूभिजमा विशेष सो  आयोजना गरेको थियो । ‘पिके’ शुक्रबारबाट रिलिज भएको हो ।

manish
चलचित्र सुरु हुनुभन्दा अघि आयोजित एक कार्यक्रमबिच गायक आनन्द कार्कीले पीडित कार्कीलाई नगद हस्तान्तरण गरेका थिए । लामो समयदेखि ब्लड क्यान्सरपीडित रामेछाप खिम्ती–५ का १७ वर्षीय कार्की सिभिल सर्भिस हस्पिटलमा उपचारत छन् ।

Comments