नयाँ वर्षको सुरुमै ‘इन्गेजमेन्ट’ गर्दै रणवीर–कट्रिना
screennepal
प्रकाशित: २०७१, ३ पुष बिहीबार
no img

मुम्बई । नयाँ वर्ष २०१५ लाग्ने वित्तिकै अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफले इन्गेजमेन्ट गर्दैछन् । भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ वर्षको अवसरमै उनीहरुले ‘इन्जेगमेन्ट’ गर्ने योजना बनाएका छन् । कट्रिनाको परिवारसँग सन् २०१५ को नयाँ वर्ष मनाउने सोच बनाइरहेका रणबीर कपुरले त्यहि दिन आफ्नी प्रेमिका कट«िनासँग इन्गेजमेन्ट गर्ने भएका हुन् । वर्षको सुरुमै इन्गेजमेन्ट भएपनि उनीहरुको विवाह भने सन् २०१६ मा मात्रै हुने बताइएको छ । तर, उनीहरु इन्गेजमेन्टपछि सँगै रहने जनाएका छन् । त्यसका लागि उनीहरुले मुम्बईमा एउटा फ्ल्याटसमेत लिइसकेका छन् ।

ranbir+ katrina
विवाहको लागि निकै हताररहेकी रणबीरकी आमा नितु कपुरको इच्छालाई सम्बोधन गर्दै छोराले यस वषैमै इन्गेजमेन्ट गर्ने भएका हुन् । उनको पारिवारिक श्रोत भन्छ, ‘बिवाह भने अर्को वर्षमात्र हुनेछ ।’ कट्रिनाकी आमा पनि छोरीको इन्गेजमेन्टको तयारीमा अहिले जोडतोडका साथ लागिपरेकी छन् ।

Comments