पोष्टरमा देखियो त्रिकोणात्मक प्रेम
screennepal
प्रकाशित: २०७१, १ पुष मंगलवार
no img

लामो समय फिल्म सम्पादकका रुपमा क्षमता देखाएका सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘आभाष’को फस्ट लुक रिलिज भएको छ । रिलिज पोष्टरले त्रिकोणात्म प्रेम कथा र रोमान्टिक जीवनशैलीलाई सम्बोधन गरेका छन् ।
पुस २५ गते रिलिज हुने तरखरमा रहेको फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी र निशा अधिकारीले अभिनय गरेका छन् । संयमको आश्मा र निशासँग दोहोरो सम्बन्ध रहेको पोष्टरले जनाएको छ ।
प्रेम सम्बन्धको बहुआयामिक पक्षलाई फिल्ममा समेटिएको निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् । फिल्मलाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाही मिलेर निर्माण गरेका हुन् ।

10874134_10203210510279032_329673945_o 10841577_10203210511279057_1120745838_n 10859513_10203210521479312_116135244_n (1)

Comments