‘आरोप’मा सञ्चिता
screennepal
प्रकाशित: २०७१, २२ मंसिर सोमबार
no img

laxman arop

काठमाडौं । चलचित्र ‘एउटा साथी’मार्फत निर्देशनमा डेब्यु गरेका सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखनमा ‘आरोप’ बन्ने भएको छ । अमर ओलीको निर्देशन रहने चलचित्र ‘आरोप’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुर्हत गरियो । मंगलबारदेखि छायांकन सुरु हुने ‘आरोप’ सञ्चिता लुईंटेल उप्रेती मूख्य भूमिकामा देखिँदैछिन् ।
चलचित्र ‘आरोप’ को शुभमुर्हत शर्टमा सञ्चिता र किशोर खतिवडाले अभिनय गरेका थिए, जसको निर्देशन निर्माता तथा बितरक प्रदीपकुमार उदयले गरेका थिए । दिलासा क्रिएसनको ब्यानरमा दिनेश पाठक र बिजय सापकोटा निर्माता रहेको यस चलचित्रमा सञ्चिता र किशोरका साथमा सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टराईलगायतले अभिनय गर्दैछन् ।

arop

मुर्हत शट दिँदै सञ्चिता

स्क्रिप्ट एकदम मनपरेकाले अभिनय गर्न लागेको नायिका सञ्चिताले बताइन् भने नायक किशोर पनि ‘आरोप’ ले दर्शकमाझ नौलो स्वाद पस्कने दावी गरेका छन् । चलचित्र ‘आरोप’ को छायांकन नवलपरासीबाट थालिने बताइएको छ । यस चलचित्रलाई बीरेन्द्र भट्टले खिच्दैछन् भने सानुकुमारको द्धन्द्ध, बिकास चौधरी र गणेश चौधरीको संगीत र शंकर अधिकारीको गीत छ ।

Comments