निशाले कापी बाँडेपछि सुरु भयो ‘हाउ फन्नी’
screennepal
प्रकाशित: २०७१, २० मंसिर शनिबार
no img

काठमाडौं । चलचित्र ‘हाउ फन्नी’ को मुहुर्तसँगै सुटिङ सुरु भएको छ । शनिबार बनस्थलीस्थित एभेरेस्ट चाइल्ड केयर होममा चलचित्रको शुभमुहुर्त गरिएपछि सुटिङ सुरु भएको हो । अभिनेत्री निशा अधिकारीले बालबालिकालाई कापी कलम बाँडेँपछि चलचित्र छायांकन प्रारम्भ भएको घोषणा गरिएको थियो । कार्यकारी निर्माता माल्भिका सुब्बाका अनुसार चलचित्रको अधिकांश सुटिङ काठमाडौमै हुनेछ भने ३५ दिनमै सुटिङ पूरा हुनेछ ।

IMG_1453
हास्य प्रधान चलचित्र ‘हाउ फन्नी’ को निर्देशन निलु डोल्मा शेर्पाले गदैछिन् । चलचित्रको छायांकन सुरु गरेपछि निर्देशक शेर्पाले भनिन्, ‘आजबाट शुटिङ सुरु भएको छ । म निकै एक्साइटेड छु ।’ उनले चलचित्रमा रमाइलो कथालाई लिएको बताइन् ।
चलचित्रकी कार्यकारी निर्माता माल्भिकाले फिल्ममार्फत नयाँ गर्ने प्रयाश गरेको दावी गरिन् । उनले भनिन्, ‘कथा त पुरानै हो तर प्रस्तुतिको हिसाबले नयाँ देखाउने प्रयास गरेका छौ । आशा छ हाम्रो नेपाली सिनेमाको आगमन सुखद हुनेछ ।’ चलचित्रका नायिका निशाले पहिलो दिन, पहिलो शटमै एक्साईटेड भएको बताइन् । ‘यस चलचित्रमा मेरो धनि बाउकी छोरीको क्यारेक्टर छ’ निशाले भनिन्, ‘बाकि त खुलाउदा पछि दर्शकलाई खल्लो लाग्ला ।’ चलचित्रमा दयाहाङ राई, प्रियंका कार्र्की, निशा अधिकारी, केकी अधिकारी, अनुप बिक्रम शाही, शिशिर राणालगायतका कलाकारको अभिनय रहने छ । यस चलचित्रलाई हरि हुमागाईले खिचिरहेका छन् भने पटकथा संवाद शान बस्न्यातको रहेको छ ।

IMG_7495

Comments