अक्षयको फिल्ममा यस्तो देखियो नेपाल (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, १८ मंसिर बिहीबार
no img

नेपालमा समेत छायांकन गरिएको फिल्म ‘बेबी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक २ मिनेट १४ सेकेण्ड लामो ट्रेलरमा नेपाल बसाईको क्रममा खिचिएका दृश्यहरु पनि अटाएका छन् । ट्रेलरमा ह्यात होटेल , भक्तपुर , ठमेल लगायतका दृश्यहरु देख्न सकिन्छ । फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा छन् । एक्सन , सस्पेन्स , थ्रिलरको श्रेणीमा राखिएको यस फिल्ममा फेरी दर्शकले अक्षयलाइ एक्सन अवतारमा देख्न पाउने छन् ।
akshya kumar and ram raja dahal in movie baby2
२०१५ को जनवरी २३ मा प्रदर्शन हुने यस फिल्मको ठमेलको दृश्यमा अक्षयसंगै नेपाली निर्देशक राम राजा दाहाल पनि देखिएका छन् । निर्देशक दाहालले फिल्म नेपालमा छायांकन हुन् आउदा सघाएका थिए । फिल्मको ट्रेलरमै नेपालमा ५ दिन खिचिएको दृश्हरु पर्नुले यहाँ महत्वपूर्ण सिनहरु छायांकन गरिएको प्रष्टिन्छ । फिल्मलाई निरज पाण्डेले निर्देशन गरेका हुन् । यस अघि अक्षय र निरजले ‘स्पेसल २६’ मा संगै काम गरिसकेका छन् । ‘बेबी’ मा अक्षयसंगै तपस्वी पन्नु , अनुपम खेर , ड्यानी लगायतको मुख्य भूमिका रहेको छ ।

Comments