‘देवदास’पछि फेरि जम्दै शाहरुख–ऐश्वर्याको जोडी
screennepal
प्रकाशित: २०७१, १५ मंसिर सोमबार
no img

मुम्बई । अभिनेता शाहरुख खान र अभिनेत्री ऐश्वर्या राय फिल्म ‘देवदास’ पछि फेरिसँगै देखिने भएका छन् । निर्देशक रोहित शेट्टीको अपकमिङ फिल्ममा यी दुई बलिउड स्टार एकसाथ देखिन लागेका हुन् । रोहितले सन् १९५८ मा रिलिज भएको किशोर कुमार र मधुवाला अभिनीत फिल्म ‘चलती का नाम गाडी’ को रिमेक बनाउँदैछन् । यस फिल्ममा शाहरुख र ऐश्वर्याको मुख्य अभिनय रहने भएको छ ।
समाचारमा बताइअनुसार रोहितले यस फिल्ममा यसअघि अभिनेत्री काजोललाई लिड रोलका लागि प्रस्ताव गरेका थिए । तर, काजोलसँग केही कुरा नमिलेपछि उक्त रोल ऐश्वर्यालाई दिने निर्णय गरेका हुन् । सन् १९५८ मा फिल्म ‘चलती का नाम गाडी’ सुपरहिट भएको थियो । त्यसबेला किशोर कुमार र मधुवालाको जोडीको रिप्लेसका रुपमा अभिनय गर्न लागेका शाहरुख र ऐश्वर्याको जोडीले कस्तो सफलता पाउँछ, त्यो हेर्न बाँकी नै छ ।

aishoriaपूर्वमिस वल्र्डसमेत रहेकी ऐश्वर्याले आमा बनेपछि पहिलोपटक फिल्म ‘जज्बा’ मा साइन गरेकी हुन् । उक्त फिल्ममा उनी अभिनेता इरफान खानसँग देखिनेछिन् । आमा बनेपछिको  ‘चलती का नाम गाडी’ ऐश्वर्याको तेस्रो फिल्म हो । उनी निर्देशक करण जौहरको फिल्ममा पनि काम गर्दैछिन् । उक्त फिल्ममा ऐश्वर्या रणवीर कपुरसँग देखिँदैछिन् । -एजेन्सी

Comments