संयमसँग आश्माको यस्तो ‘आभाष’
screennepal
प्रकाशित: २०७१, १२ मंसिर शुक्रबार
no img

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीबिच रियरमा पनि प्रेमको आभाष मौलाउदो छ । यो रियलको होइन, रिलको कुरा हो ।
फिल्म सम्पादकका रुपमा आफ्नो क्षमताको प्रदर्शन गरिसकेका सुरेन्द्र पौडेलको डेब्यू निर्देशन रहेको फिल्म ‘आभाष’को टिजर रिलिज गरिएको छ । संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी, प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको यो लभस्टोरी फिल्मलाई गोबिन्द शाहीले निर्माण गरेका हुन् ।
आउदो पुष २५ गतेबाट अल नेपाल रिलिज हुने ‘आभाष’मा पवन श्रेष्ठ र दीपक शाहीको पनि लगानी छ । सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपालीको संगीत रहेको यो फिल्मलाई निर्देशक पौडेलले नै सम्पादन गरेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानको रहेको छ ।

Comments