उदितले फेरि भने ‘मेरो भारत’
screennepal
प्रकाशित: २०७१, ९ मंसिर मंगलवार
no img
udit

उदितले आफ्नो फेसबुकमा अपडेट गरेको फोटो

काठमाडौं । गायक उदितनाराण झा राष्ट्रियताका विषयमा बेलाबेला चर्चामा आइरहन्छन् । नेपालमा आउँदा आफूलाई नेपाली र भारतमा भारतीय भन्न गरेकाले उनी चर्चा आउने गरेका हुन् । कुनै समय बलिउड गायनमार्फत चर्चामा आएका गायक उदित अहिले ओझेलमा जस्तै छन् अर्थात् उनी नयाँ पुस्ताका गायकबाट बिस्थापित बनेका छन् । तर, ठाउँअनुसार बोली बदल्ने उनको बानी भने अझै कायमै छ । उनले भारतीयलाई खुसी पार्न सोमबार एउटा फोटो फेसबुकमा अपलोड गरे ।
फोटोमा उनले केही व्यक्तिका साथ झाडु बोकेर उभिएका छन् । उदितले फोटोको बेहोरामा लेखेका छन्, ‘मेरा भारत स्वच्छ भारत’ । फोटोमा कमेन्ट गर्ने भारतीयले उनकोको तारिफ गरेका छन् भने नेपालीले दोहोरो चरित्रका व्यक्ति भन्दै आलोचना गरिरहेका छन् ।

Comments