किस गर्नुअघि टुथब्रस गर्छु : जेनिफर
screennepal
प्रकाशित: २०७१, ९ मंसिर मंगलवार
no img

लस एन्जलस । हलिउडकी अभिनेत्री जेनिफर लरेन्स इन्टिमेन्ट सिनका लागि चर्चित छिन् । प्रायः उनले फिल्ममा आफ्नो को–एक्टरसँग किस सिन दिएकै हुन्छिन् । तर, यी अभिनेत्रीले किस सिन दिनुअघि टुथब्रस गर्ने बताएकी छन् । कुन स्टारसँग किसिङ सिन दिने हो, त्यसैअनुसार दाँतमा ब्रस गर्ने लरेन्सको भनाइ छ । उनले भनिन्, ‘अभिनेता ब्रेडले कुपर र क्रिश्चियन बेलसँग किस गर्नुअगाडि दाँत ब्रस गर्छु ।’ अभिनेता लियाम हेम्सवर्थको चर्चित होस्ट जिम्मी फैलनसँग लरेन्सले यस्तो खुलासा गरेकी हुन् ।

Jennifer-Lawrence-5
फिल्म ‘हंगर गेम्स : मोकिङजे’ को पार्ट एक मा लसुन गनाएपछि लियामले लरेन्सलाई किस गर्न हम्मे परेको थियो जबकि, त्योबेला लरेन्स वार्डरोव मालफंक्शनमा समेत परेकी थिइन् । लरेन्सलाई एक वेवसाइटले ‘फिल्ममा इन्टिमेन्ट सिनको सुटिङ हुनअघि किन गनाउने खाना खानुहुन्छ ?’ भन्ने प्रश्न गर्दा उनले भनिन्, ‘मलाई यसबारे याद गराएकोमा धन्यवाद किनकि, मलाई लियामले रिस उठाइदियो । मलाई थाहा भएन, जसले गर्दा लियामसँग गल्ती भएको थियो । अहिले उनी कहाँ छन् ?’ २४ वर्षीया लरेन्सले आफ्नो गनाउने सासबारे भनिन्, ‘उनले जानेरै त्यसो भनेको पक्कै थिएनन् ।’

Jennifer-Lawrence
लरेन्सले केही अभिनेतासँग किसिङ सिन दिनअघि टुथब्रस गर्न बिर्सिदिनन् । तर, त्यसमा लियाम र जोश हचरसन पर्दैनन् । लरेन्सले भनिन्, ‘म क्रिश्चियन बेल वा कुनै अन्य राम्रो स्टारलाई चुम्बन गर्नुअघि ब्रस गर्छु । तर, लियामजस्ता सँग चुम्बन गर्दा आवश्यकता ठान्दिनँ ।’ क्रिश्चियन बेल र ब्रेडले कूपरसँग किस सिन गर्नुअघि भने टुथब्रस गर्न आवश्यक रहेको उनले बताइन् । लरेन्सले आफ्नो सासलाई फ्रेस राख्न चुइगम चपाउने गरेका समेत बताइन् । -एजेन्सी

Comments