‘हाफ गर्लफ्रेन्ड’ लेखक चेतनलाई चोरीको आरोप
screennepal
प्रकाशित: २०७१, ८ मंसिर सोमबार
no img

नयाँदिल्ली । चर्चित भारतीय लेखक चेतन भगतको नयाँ उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ फेरि विवादमा फस्न पुगेको छ । हाल चर्चामा रहेको उक्त उपन्यासको कथा चोरिएको आरोप लागेको छ । बिहारका एक बौद्धिक व्यक्तिले चेतनले आफ्नो नाटकको कथा चोरेको आरोप लगाएका हुन् । तर, चेतनले उक्त आरोप गलत भनेका छन् ।

chetan bhagat
पटनाको इग्लिश स्पिकिङ इन्स्टिच्यूटका निर्देशक बीरबल झाले आरोप लगाउँदै भनेका छन्, ‘हाफ गर्लफ्रेन्डको कथा मेरो नाटक इन्गलिशिया बोली’ बाट चोरिएको छ ।’ उनले चेतन पटनामा आफ्नो इन्स्टिच्यूटमा आएको दावी गर्दै भनेका छन्, ‘त्यतिखेर उनले इन्स्टिच्यूटका विद्यार्थीसँग पनि भेटेका थिए ।’ बीरबलले चेतनलाई आफ्नो किताब गिफ्ट दिएको समेत दावी गरेका छन् । बीरबलको भनाइअनुसार ‘हाफ गर्लफ्रेन्ड’ को धेरै पहिले नै आइसकेको थियो ।’ यसअघि पनि एक शाही परिवारले ‘हाफ गर्लफ्रेन्ड’ लाई लिएर चेतनविरुद्ध कानुनी नोटिस जारी गरिएको थियो । ती शाही परिवारले आफूलाई चेतनले किताबमा गलत ढंगले प्रस्तुत गरेको आरोप लगाएको थियो । । चेतन यस नयाँ उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ माथि बलिउडमा फिल्मसमेत बन्ने तयारीमा छ ।
half-girlfriend-chetan-bhagat-050814

Comments