टाइसुट लाउँदैमा कोही हिरो हुँदैन– राजबल्लभ कोइराला
screennepal
प्रकाशित: २०७१, ८ मंसिर सोमबार
no img

काचो उमेरमैँ दाह्री पाकेपछि अभिनेता राजबल्लभ कोइरालालाई चिन्ता हुनुपर्ने हो । तर, उनी भन्दा बढी त्यसको चासो चिन्ता अरुले लिइदिएपछि राजबल्लभले स्पष्टिकरण दिएका छन् । दाह्री फुलेको विषयलाई आफ्नो फेसबुकको इनबक्स र मेलमा धेरै प्रश्न आएको बताउँदै उनले भन्नुपर्ने विषय नभएपनि बाध्यता आइ लागेको भन्दै लेखेका छन्, ‘दाह्री सेता हुँदैमा कोही बुढो हुँदैन, टाइसुट लाउँदैमा कोही हिरो हुँदैन ।’

‘दाइ दाह्री सेतो भएछ, बुढो हुनुभएछ,’ उनलाई आइरहने कमेन्ट हो यो । युवा अवस्थाको मान्छेलाई बुढो भन्ने त्यसमाथि पनि हिरोलाई ! अभिनेता कोइरालालले स्पष्टिकरण दिए, ‘आजकाल ४ –५ कक्षा कक्षा पढ्नेको पनि कपाल फुल्छ । के उदाहरण दिउँ ? उमेर त्यही हो, सबैलाई थाहा छँदैछ । टाउकोमा विग लगाउन परेको छैन । दाँत पुरै छन् । समय, सोच, रसायन, मेकअप र पानीले फुल्यो होला मेरो दाह्री । म नाटक गर्दिन त्यसैले कालो दलिन ।’
उनले सबैलाई कुरा मिलाएर बुझ्न सुझाएका छन् ।

Untitled-1

Comments