भरद्वाराज बनाउँदै ‘चलेछ बतास सुस्तरी’
screennepal
प्रकाशित: २०७१, ८ मंसिर सोमबार
no img

काठमाडौ । गायक शम्भु राईले गाएको एक जमानाको चर्चित गीत ‘चलेछ बतास सुस्तरी’ शीर्षकमा चलचित्र निर्माण हुने भएको छ । यसै गीतको शिर्षबाट लेखनमा आफूलाई परिचित गराएका प्रदिप भारद्धाजले चलचित्र निर्माण गर्ने भएका छन् । ‘चलेछ बतास सुस्तरी’ को हाल प्रि–पोडक्सनमा रहेको उनले बताए ।

pradeep
अरुण फिल्मस् प्रालिको ब्यानरमा बन्ने यस चलचित्रको बिहीबार टाइटल दर्तास“गै प्रि¬–पोडक्सन कार्यसुरु गरिएको हो । यो अरुण फिल्मस्को तेस्रो प्रस्तुति हो । यस चलचित्रलाई अरुण खड्का र प्रदिप भारद्धाजले मिलेर निर्माण गर्न लागेका हुन् । यस चलचित्रबाट सब्बु भारद्धाज र अनिला खड्का निर्देशनमा देखिने भएका छन् । चलचित्रको शुक्रबारबाट गीत रेकडिङ कार्य सुरु गरिएको छ । बिकाश चौधरी र सन्तोष रजौरेको संगीत रहने चलचित्रको गीतका शब्द प्रदिपकै छ ।
म्युजिकल लभस्टोरी बिषय कथामा उठाएको चलचित्रको लेखन भारद्धाज आफैले गरेका हुन् । चलचित्रले पे्रम तथा सामाजिक कथा बोल्ने भारद्धाजले बताए । ‘चलचित्रकर्मलाई निरन्तरता दिन निर्माणमा लागेको हुँ’ भारद्धाजले भने ‘लेखन स“गस“गै अब निर्माणलाई पनि लैजाने छु ।’ चलचित्र लेखनको अनुभव निर्माणमा उतार्न लागेका भारद्धाजले सुनाए । चलचित्रको कलाकार तथा प्रबिधिक छनोटको क्रममा छ ।

Comments