बद्री पंगेनीले उद्योगमन्त्रीलाई गायिका ‘भिडाउन खोज्दा’ (गीतमा सवाल–जफाव सहित)
screennepal
प्रकाशित: २०७१, ६ मंसिर शनिबार
no img

basnetकार्यक्रम लोक गायक बद्री पंगेनीको नयाँ गीत ‘रातो पछ्यौरी’ विमोचन समारोहको हो । संगीत क्षेत्रको कार्यक्रममा पहिलोपल्ट उद्योेग मन्त्री महेश बस्नेत प्रमुख अतिथी थिए । कार्यक्रममा दोहोरीका टुक्का सुनाइहाल्ने बद्री पंगेनीले गीतमार्फत् नै सहकर्मी गायिका शकुन्तला थापा मन्त्री बस्नेतलाई ‘भिडाउन’ खोजे । गायिका थापाको विवाह गर्ने समय घर्किदै गएको प्रति चिन्दा ब्यक्त गर्दै मन्त्रीसँगै जान सुझाए । ठट्यौलो तरिकाले अघि बढेको उनीहरुको दोहोरीमा शकुन्तलाले ‘हुन्छ’सम्म भनिदिइन् । स्क्रिन नेपालले कार्यक्रममा गायक पंगेनी र गायिका थापाले गरेको सवालजफाव जस्ताको तस्तै उतारेको छ ।

बद्रीः गर्छु कुरा यो मनमा लाको
अहिलेसम्म बिहे किन नभाको
शकुन्तलाः बिहे गर्न भइदियो ढिलो
एउटा केटा पाइएन गतिलो
बद्रीः धर्म हुन्छ त्यो जोवन दिएत
मन्त्रीको नि भाछैन बिहे त
शकुन्तलाः तिम्रो कुरा महेशले खाए त
यतै बस्थेँ बस्नेतलाई पाए त
बद्रीः जान्छौं कि मन्त्राणी बन्न
मन्त्रीलाई पर्ने भो ज्वाइँ भन्न
शकुन्तलाः बद्री तिमी भनिदेऊ उनलाई
पाइने भो कि मन्त्राणी हुनलाई
बद्रीः मन्त्रीको काम धेरै ठाउँ जानी
मन्त्रीज्यूको लजाउने छ बानी
शकुन्तलाः अरु कुरा तिम्ले नै राख्देउन
फोन गर्नलाई नम्बर माग्देउन
बद्रीः लमी बन्न परेसी बन्दिउला
स्वकीय सचिब आ’का छन् भन्दिउला
शकुन्तलाः गयो जोवन दोहोरी गाइ गाइ
यति गुन लाइदेउन बद्री दाई
बद्रीः लाउथेँ गुन नलाउने होइन
तर, तिम्रौ पार्टी चाहिँ मिल्दैन
बद्रीको अन्तिम टुक्कामा शकुन्तला असहमत भइन् र पार्टी पनि मिल्ने संकेत गरिन् । उनीहरुले दोहोरी गाइरहँदा मन्त्री बस्नेत भने असहज महशुस गरिरहेका थिए । बद्रीसँग आफूले धेरै स्टेज शेयर गरेको बताउँदै गाउने मात्रै होइन, बद्रीको बोल्ने कलाको समेत तारिफ गरे ।

एकनारायण भण्डारीको शब्द रचनामा तयार भएको गीत बद्री पंगेनी र शकुन्तला थापाले गाएका छन् । विनोद बाजुरलीको म्युजिक एरेन्ज रहेको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो ।कार्यक्रम लोक सञ्चार कर्मी नेपालले आयोजना गरेको थियो ।

Comments