निशा र संयमको प्रेम ‘आभाष’ (भिडियो हेर्नुहोस्)
screennepal
प्रकाशित: २०७१, ५ मंसिर शुक्रबार
no img

अभिनेत्री निशा अधिकारी र अभिनेता संयम पुरीको प्रेमको आभाष भिडियोमा उतारिएको छ । आगामी पुष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आभाष’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिम्रो तस्वीर’ बोलको गीतमा अभिनेता संयम पुरीले अभिनेत्री निशा अधिकारी प्रति आफ्नो माया दर्शाएका छन् । गीतमा सन्तोष लामाको स्वर, सुजन सुवेदीको शब्द र प्रकाश नेपालीको संगीत रहेको छ ।

चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा आस्मा डिसी, सलोन बस्नेत, रविन्द्र खड्का, प्रकृति श्रेष्ठ र सुनिल रावललगायतका कलाकारको अभिनय हेर्न पाईन्छ । फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ ।

ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्मित फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको कथा सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा लेखेका हुन् ।

Comments