बिहेको सिजनमा ‘अझैपनि’को रत्यौली गीतको भिडियो हेर्नुहोस्
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img

हालसालै दिवंगत निर्देशक आलोक नेम्वाङको अन्तिम फिल्म ‘अझै पनि’मा रहेको रत्यौली गीत सार्वजनिक गरिएको छ । ‘चमक चमक’ बोलको रत्यौली गीतलाई बिबाहको सिजन लक्षित गर्दै सार्वजनिक गरिएको हो । बिहेको सिजनमा यो गीतले थप रमाइलो गराउने लक्ष्य निर्माण पक्षको छ । फिल्मको गीतमा सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल, मिथिला शर्मा आदि कलाकारको नृत्य छ । बेहुलाको भेषमा फिल्मका अभिनेता सुदर्शन थापा र बेहुलीका रुपमा अभिनेत्री पुजा शर्मा देखिएका छन् । फिल्म ‘फागुन १५’ मा अल नेपाल रिलिज हुदैछ ।

Comments