श्रीकृष्णको यो लिला… ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img

काठमाडौं । ‘कान्तिपुर डायरीमा यहाँलाई स्वागत छ, म श्रीकृष्ण न्यौपाने ।’ कान्तिपुर एफएममा यसरी समाचार भन्ने श्रीकृष्णका अनेक लिलाका विषयमा अहिले बजारमा चर्चा हुन थालेको छ । धिमी गतिमा चलेको चर्चा भने उनको सकारात्मक भुमिकाका लागि भएको होइन, नकारात्मक भुमिकामा उनी प्रभावशाली बन्न थालेका छन् ।

sri fotos 2
पेसाले पत्रकार श्रीकृष्ण एक खराब शिक्षकमात्र बनेनन्, नराम्रोपनको हद नाघेका उनले नायिका शिल्पा पोखरेलसम्मलाई विहे गर्न भ्याए । समन अधिकारीद्वारा निर्देशित प्रमोद खरेलको नयाँ गीतमा श्रीकृष्णले छवी ओझाकी हिरोइन शिल्पा पोखरेलसँग विवाह नै गरे । त्यतिमात्र होइन, उनले खराबपनको नमुनाचाँही छोटो फिल्म कखरा र मोसन पिक्चरका रुपमा पोष्ट प्रोडक्सनमा रहेको अखडामा पनि असीमित देखाएका छन् । दिपकराज गिरीले निर्माण सुरु गर्न लागेको चलचित्र वडा नम्बर ६ मा पनि उनको भुमिका सकारात्मकभन्दा नकारात्मक केन्द्रित भएर आउन लागेको बुझिएको छ ।
‘पत्रकारितासँगै मेरो प्यासनका रुपमा अभिनय रहँदै आएको छ’, श्रीकृष्ण भन्छन्,‘अहिले केही म्युजिक भिडियोहरु र फिल्महरुमा देखिँदैछु ।’ शिक्षाप्रद कखरा भन्ने फिल्ममा एक खराब शिक्षकको भुमिका निर्वाह प्रभावकारी रुपमा गरेका श्रीकृष्णको तारिफ त्यहिँबाट बढेको हो । उनको सोही फिल्मको अभिनयका कारण उनी अखडामा मुख्य खलपात्रका रुपमा बजारमा आउने तयारीमा छन् । ‘अभिनय भित्रैदेखि आउँछ, मलाई एकदमै सानैदेखिको रहर पनि थियो, अहिले साथीहरुको सहयोगमा गरिरहेको छु ।’, उनले थपे ।

sri..fotos
समाचारमा भिज्नु र चरित्रमा डुव्नु यी फरक विषय हुन् । तर, श्रीकृष्ण यी दुर्व विधामा समानरुपमा अव्वल छन् । उनले अभिनय गरेका चलचित्रहरुको पोष्ट प्रोडक्सनको काम रहीरहँदा नै नियालेका निर्देशकहरु र निर्माताहरुको नजरमा चाँडो पर्दछन् । राम्रो र अभिनय गर्ने कलाकारहरुको खडेरी लागेका बेला श्रीकृष्ण हर प्रकारको चरित्रमा भिज्नेगरी नयाँ नयाँ ढंगको अभिनय मार्फत बजारमा छाउन थालेका छन् । झापाको दमकका श्रीकृष्णले मिडियामा समाचारबाट आफ्नो करिअर सुरु गरेका थिए । यी झापाली ठिटोको चरित्रमा भिज्ने यात्राको भने खुड्कीलो सुरु भएको छ, राम्रो अभिनयको बजारमा कत्तिको छाउने हुन्, अझै हेर्न बाँकी छ ।

sri sampada

Comments