हँसाउने ‘कान्छी मट्याङ ट्याङ’
screennepal
प्रकाशित: २०७१, २ मंसिर मंगलवार
no img

काठमाडौं । हास्य अभिनेता पुरन थापाको निर्माण र निर्देशनमा बनेको कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ को रिलिज साइत २६ मंसिरमा जुराइएको छ  । दिलाशा क्रियशन प्रालिको ब्यानरमा बनेको फिल्मको पोस्टर र गीत सार्वजनीक गर्दै रिलिज मिति तय गरिएको हो । अभिनेता तथा निर्देशक पुरनले ‘कान्छी मट्याङ ट्याङ’ नारी केन्द्रित हास्य प्रदान फिल्म भएको बताएका छन् । उनले भने, ‘फिल्ममा नेपाली नारीले भोग्नु परेका बिबिधमध्ये एउटा समस्यालाई उजागर गरिएको छ । समस्यामा कमेडीको चास्नी मिलाएर स्वादीलो फिल्म बनाएको छु । त्यसैले सफल हुनेमा बिश्वस्त छु ।’

Sarika KC 2
यसै फिल्मबाट सारिका केसी अभिनेत्रीका रुपमा देखापर्दैछिन् । उनले आफूले पहिलोपटकमै निकै महत्वपूर्ण भूमिका पाएको बताउँदै सुनाइन्, ‘यो फिल्म  आमनेपाली दर्शकले मन पराउनेमा बिस्वस्त छु ।’
फिल्ममा जयकिसन, सारिका, राजाराम पौडेल, लक्ष्मी गिरीका साथमा लय संग्रौला, निर्देशक पुरन, सोभित बस्नेत, राजेन्द्र खड्गी, संगीत लिम्बू, माधव पण्डित, सुरेश असिम, रमेश मट्टारे प्रमुख भूमिकामा छन् । फिल्म्मा गजित बिष्ट र अनु शाह अथिति भूमिकामा छन् । श्याम रायमाझीले खिचेको यस फिल्ममा बिकास चौधरी र टंक बुढाथोकीको संगीत, एनबि महर्जनको द्धन्द्ध, कमल राई र सुरेन बसेलको नृत्य निर्देशन छ ।

Comments